पोखरा,८ असोज – पर्यटकीय क्षेत्र महेन्द्र गुफा तथा चमेरे गुफामा फ्रि वाइ फाई सेवा सुरु गरिएको छ । गुफा घुम्न आउने आन्तरिक तथा वाहृय पर्यटकलाई लक्षित गरी वाइफाई मार्फत सुविधा पु्याउने उद्घेश्यले सेवा शुरु गरिएको महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिले जनाएको छ । इन्टरनेट प्रदायक संस्था वल्र्ड लिङ्कको सहयोगमा महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिले महेन्द्र गुफा र चमेरे गुफामा उच्च क्षमताको वाइफाइ सेवा सुरु गरेको समितिका संयोजक गुरुदत्त भट्टराईले जानकारी दिए । विन्ध्यवासिनी माविको संरक्षण तथा स्वामित्वमा रहेका दुवै गुफामा मंगलवार एक कार्यक्रमकाबीच पोखरा महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्यले सेवा शुभारम्भ गरे । त्यस अवसरमा वडाध्यक्ष आचार्यले फ्रि वाइफाई सेवाले गुफा क्षेत्रको थप प्रचार हुने र यसले बढी भन्दा बढी पर्यटकको विचमा पुग्न सकिने विश्वास व्यक्त गरे ।





