शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

संगम कप : क्वाटरफाइनलका खेल समपन्न

संगम कप : क्वाटरफाइनलका खेल समपन्न


  • Dhorpatan News
  • असोज ९ २०७६, बिहिबार

पोखरा ९ असोज – लेखनाथको भण्डारढिक स्थित आदर्श युवा क्लबको खेल मैदानमा जारी सातौ संगम कपको क्वाटरफाइनलका सम्पुर्ण खेल समपन्न भएका छन । क्वाटरफाइनल खेलमा एलजी ,सहारा, बि(१३ र संगम एफ।सि सेमिफाइनलमा प्रवेश गरेका छन ।
संगम क्लबको आयोजनामा भएको प्रतियोगिता अन्तरगत बुधबार भएको पहिलो क्वाटरफाइनल खेलमा एलजीले इन्द्रेणी क्लबलाई टाइब्रेकरमा ३(१ गोलले हराउदै सेमिफाइनल प्रवेश गरेको छ । निर्धारित समयको खेल एक एक गोलको बराबरीमा रोकिए पछि खेल टाइब्रेकरमा धकेलिएको हो । खेलको ९ औ मिनेटमा एलजीका अभिनाश तामाङले गोल गर्दै अग्रता दिलाए पनि खेलमा जित निकाल्न टाइब्रेकरको सहायता लिन पर्‍यो । १(० ओए पछि परेको इन्द्रेणीको लागि २५ औ मिनेटमा बराबरी गोल फर्काएका थिए । पहिलो हाफ १(१ गोलको बराबरीमा रोकिएपछी दोस्रो हाफमा दुबै तर्फबाट कुनै पनि गोल भने हुन सकेन । खेलको म्यान अफ दि म्याच एलजीका गोलरक्षक आकाश रानाभाट घोषित भए ।
त्यस्तै दोस्रो क्वाटरफाइनल खेलमा साहार क्लबले आदर्श युवा क्लब भण्डारढिकलाइ ३(० को फराकिलो गोल अन्तरले पाखा लगाउदै अन्तिम चारमा प्रवेश गरेको छ । साहाराको जितमा विजय श्रेष्ठले दुई तथा अजय श्रेष्ठले एक गोल गरेका थिए । खेलको १७ औ मिनेटमा विजय श्रेष्ठले पहिलो गोल गर्दै अग्रता लिएका थिए । उनले खेलको ७५ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका थिए । खेलको ५१ औ मिनेटमा अजय श्रेष्ठले गोल गरेका थिए । खेलमा फर्कने प्रयास गरेको आदर्शले कुनैपनी गोल गर्न सकेन । तेस्रो खेलमा बि(१३ ले ड्यामसाइड क्लबलाई ५(१ को फराकिलो गोल अन्तरले पाखा लगायो । बि(१३ को जितमा सन्त गुरुङले चार तथा विवेक चौधरीले एक गोल गरेका थिए । निकै दबाबमा देखिएको ड्यामसाइडले खेलमा फर्कने प्रयास गरे पनि खेलमा फर्कन भने सकेन । ड्यमसाइडको लागि संजय बुढाथोकीले सान्त्वना एक गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच सन्त गुरुङ घोषित भए । त्यस्तै अन्तिम क्वाटरफाइनल खेलमा संगम एफ।सिले संगम टोललाई ३(० को फराकिलो गोल अन्तरले हराउदै सेमिफाइनल प्रवेश गरेको छ । खेलको म्यान अफ दि म्याच संगमका सुनिल घोषित भए ।
प्रतियोगिता अन्तर्गत बिहीवार संगम एफ।सि र एलजी बिच पहिलो सेमिफाइनल खेल हुने छ भने साहारा र बि(१३ बिच दोस्रो सेमिफाइनल खेल हुने प्रतियोगिता संयोजक शिव गुरुङ९ माया० ले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->