पोखरा,९ असोज – गण्डकी प्रदेशका मुख्यमन्त्री पुथ्वीसुब्बा गुरुङले मुलुकमा संघीयता लागू भएर कार्यान्वयन भए पनि सबै क्षेत्र संघियता लागू हुन नसकेको बताए । सूचना तथा संचार ,खेलकूद जस्ता क्षेत्र अझैपनि पुरानै ढांचामा रहनु उचित नभएको उनको भनाई थियो । पोखरामा रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखराले आयोजना गरेको रेडियो नेपालको प्रसारण प्रभावकारिताका लागि राय सुझाव संकलन तथा परामर्श गोष्ठीमा बोल्दै मुख्यमन्त्री गुरुङले हरेक अधिकार प्रदेश र स्थानीय तह सम्म पुग्नुपर्ने बताए। पछिल्लो समयमा निजी संचार माध्यमहरु प्रायोजित बनेर भ्रमात्मक समाचार संप्रेषण गर्ने गरेको मुख्यमन्त्री गुरुङले आरोप लगाए । केही निजी संचार माध्यमले सरकारको बिरोध गर्ने ,प्रायोजित बनेर समाचार संप्रेषण गर्ने गरेको भन्दै भ्रामक समाचारको बारेमा आम नागरिक सचेत हुनुपर्ने उनको भनाई थियो ।
सरकारले गरेका सकारात्मक गतिबिधिको सन्देश प्रबाहका लागि सरकारको आफ्नै संचार माध्यम आवश्यक रहेको उनले बताए । प्रदेश सरकारले आफ्नै संचार माध्यम संचालनको सोच बनाएको भएपनि रेडियो नेपाल र नेपाल टेलिभिजनसंग सहकार्यको सम्भावनाका कारण ढिलाई गरेको उनले जनाए । मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले रेडियो नेपालसंग सहकार्य गर्दै जाने तथा रेडियो नेपालले आफ्नो प्रसारणमा समावेशीपना, संघियता, लोकतान्त्रिक गणतन्त्र, ऐनकानुन, जीवनशैली लगायतका विषयमा रेडियो वहस चलाउदै जानुपर्ने आवश्यकता रहेको वताए । रेडियो नेपालले गण्डकी प्रदेशमा प्रसारण पहुँच वढाउदै सबैले रेडियो नेपाल सुन्न सक्ने वनाउनु पर्नेमा उनले जोड दिए ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरि हादुर चुमानले सकारात्मक सन्देश दिने खालका समाचारलाई समाचारनै मान्न्न छोडिएको भन्दै चिन्ता जाहेर गरे ।
मुलुकको अग्रणी सरकारी संचार सस्था रेडियो नेपालले आफ्नो प्रभावकारिता र विश्वसिनयतालाई अझ दरिलो वनाउन प्रदेश सरकारको तर्फबाट सहयोग गर्ने उनले बताए ।
सो गोष्ठीमा गण्डकी प्रदेश सरकारका प्रमुख सचिव हरी वस्याल, उधोग वाणिज्य संघका पुर्व अध्यक्ष आनन्दराज मुल्मी लगायतका वक्ताहरुले प्रादेशिक प्रसारण पोखरा र समग्र रेडियो नेपालको प्रसारणलाई प्रभावकारी वनाउने विषयमा सुझाव दिएका थिए ।
सो अवसरमा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले निकट भविष्यमै रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक प्रसारण संस्थाको रुपमा रुपान्तरण हुने भएकोले सो अघि रेडियो नेपालको क्षमता विस्तार गरीने गरी प्रक्रिया अगाडी वढाइएको र यसका लागि प्रदेश सरकारको सहयोग आवश्यक रहने हुँदा यस तर्फ सकारात्मक सहयोगको अपेक्षा रहेको बताए ।
रेडियो नेपालका नायव कार्यकारी निर्देशक बुद्धि बहादुर के.सी.ले रेडियो नेपालको समग्र अवस्था सहित गण्डकी प्रदेश प्रसारणवारे प्रस्तुति गरेका थिए । विभिन्न श्रोता र नागरिक समाजका व्यक्तित्वहरुले सो अवसरमा महत्वपूर्ण सुझाव दिदै रेडियो नेपालको प्रसारणलाई अझ प्रभावकारी वनाउन समावेशी, खोजमुलक र स्थानियपनका सामग्रीहरुलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए ।
रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कोकीको अध्यक्षता , रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय गण्डकीका कार्यालय प्रमुख सुरेन्द्र प्रसाद यादवको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।





