शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बुर्तिबाङमा मेयर गोल्डकप

बुर्तिबाङमा मेयर गोल्डकप


  • ढोरपाटन संवाददाता
  • असोज ९ २०७६, बिहिबार

बागलुङ, ९ असोज – ढोरपाटन नगरपालिकाको बुर्तिवाङ बजारमा कोजाग्रत पूर्णिमा मेला तथा मेयर रनिङ गोल्डकप खेल प्रतियोगिता हुने भएको छ । असोज २६ देखि कात्तिक २ गते सम्म चल्ने प्रतियोगितामा १३ बिधाका खेलहरु संचालन हुनेछन् । बुधवार पत्रकार सम्मेलन गरेर आयोजकले उक्त जानकारी गराएका हुन् । कोजाग्रत पूर्णिमा मेला दशकौं अघिदेखि संचालन भैरहेको छ । उक्त मेलालाई कला, संस्कृतिको संरक्षणका लागि पनि प्रयोग गरिने आयोजकले बताए । बुर्तिवाङ राईजिङ युवा क्लब र ढोरपाटन नगरपालिकाले संयुक्त रुपमा मेला आयोजना गर्नेछन् ।
रनिङ गोल्डकपमा पुरुष तथा महिला भलिबल प्रतियोगिता हुनेछ । खुला रुपमा प्रतियोगिता आयोजना गरिएकोले कम्तिमा २० देखि ३० वटा टिमले भाग लिनसक्ने क्लबका अध्यक्ष तथा मुल आयोजक समितिका संयोजक सोमबहादुर पौवी, यामुले बताए । प्रतियोगितामा अहिले सम्मकै सर्वाधिक राशीको पुरस्कार राखिएको उनले बताए । प्रतियोगितामा ३६ लाख ५० हजार खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ । खेल बाहेक यहाँ प्रचलित सराय नाँच, बिभिन्न संस्कृति झल्कने झाँकीहरु समेत प्रर्दशन गरिनेछ । पर्यटन बर्ष २०२० लाई सफल पार्न समेत यो मेला उपयोगी हुने बताइएको छ । मेलामा भलिबल बाहेक नृत्य प्रतियोगिता, पञ्चेबाजा प्रतियोगिता, रस्काकस्सी, स्लो बाईक रेस, पुरुष तथा महिला छेलो प्रतियोगिता, कृषि, कला र पशुजन्य उत्पादनको प्रर्दशनी, सराय नाँच, आइटिएफ तेक्वान्दो प्रतियोगिता र जिल्ला स्तरीय व्याडमिन्टन प्रतियोगिता समेत संचालन गरिने बताइएको छ । पत्रकार सम्मेलन सोमबहादुर पौवीको अध्यक्षता र महासचिव गोपाल महतको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->