शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

संगम कपको उपाधी बि- १३ लाई

संगम कपको उपाधी बि- १३ लाई


  • ढोरपाटन संवाददाता
  • असोज ११ २०७६, शनिबार

पोखरा ११ असोज – सातौं संस्करणको संगम कपको उपाधी बि(१३ ले उचालेको छ । लेखनाथको भण्डारढिकमा जारी प्रतियोगिताको फाइनल खेलमा एलजी एसोसिएसनलाई टाइब्रेकरमा ५-४ गोलले हराउदै उपाधी चुमेको हो । निर्धारित समयको खेल २-२ गोलको बराबरिमा रोकिए पछि खेल टाइब्रेकरमा धकेलिएको हो । बि- १३ ले विजेता बन्दै नगद एक लाख ५० हजार प्राप्त गर्‍यो । उपविजेता एलजीले ९० हजार रुपैयाँमा चित्त बुझायो ।
अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा एलजीले अग्रता लिए पनि सम्हालिन नसक्दा हार व्यहोर्न बाध्य भएको हो । पहिलो हाफको १७ औ मिनेटमा एलजीका पदम भट्टराईले गोल गर्दै अग्रता लिए पनि धेरै बेर टिक्न भने सकेन । बि- १३ को लागि खेलको १८ औ मिनेटमा सान्ता गुरुङले गोल गर्दै बराबरी बनाए । खेलको २६ औ मिनेटमा सान्ता गुरुङले थप एक गोल गर्दै पहिलो हाफमा २- १ को अग्रता बनाए ।
एक गोलले पछि पा रेको बि- १३ ले निकै आक्रमक खेल खेल्दै विजेता बन्न सफल भएको हो । दोस्रो हाफमा निकै आक्रमक खेलेको बि- १३ का ले गरेको गोल अफसाइड रहन पुग्यो । पहिलो हाफमा २- १ ले पछि परेको एलजीले दोस्रो हाफको ७६ औ मिनेटमा पाएको फ्रीकिकमा गोल गर्दै खेल बराबरीमा लगेका थिए । एलजीको लागि जया गुरुङले बराबरी गोल गरेका थिए ।

संगम क्लबको आयोजनामा भएको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बि- १३ का सान्ता गुरुङ घोषित हुँदै नगद ७ हजार रुपैयाँको साथै ट्रफी प्राप्त गरे । त्यस्तै उत्कृष्ट डिफेन्स एलजी एसोसिएसनका पदम भट्टराई , उत्कृष्ट फरवार्ड एलजी एसोसिएसनका सुलेमान गुरुङ, उत्कृष्ट गोलरक्षक बि- १३ का सुरज गुरुङ र सर्वाधिक गोलकर्ता बि- १३ कै सान्ता गुरुङ घोषित हुँदै समान ५/ ५ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गरे । खेलको म्यान अफ दि म्याच बि- १३ का सान्ता गुरुङ घोषित भए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->