शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

शहिद क्षेत्रबहादुर केसीको शालिक निर्माण हुने

शहिद क्षेत्रबहादुर केसीको शालिक निर्माण हुने


  • ढोरपाटन संवाददाता
  • असोज ११ २०७६, शनिबार

पोखरा, ११ असोज – शहिद क्षेत्रबहादुर केसीको शालिक निर्माण हुने भएको छ । राष्ट्रबादी नेताको छवि बनाएका क्षेत्रबहादुर केसीले राजनीतिमा पु¥याएको योगदानको कदर गर्दै शालिक निर्माण थालनी गरिएको शालिक निर्माण तथा संरक्षण समितिले जनाएको छ ।

‘राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीतिलाई कास्कीमा रहेर पनि महत्वपूर्ण योगदान दिने क्षेत्रबहादुर केसीलाई सम्मान जनाउनका लागि हामीले शालिक निर्माण गर्ने योजना बनाएका हौँ ।’ शालिक निर्माण तथा संरक्षण समितिका अध्यक्ष मनिष केसीले भने । निर्माण समितिका अध्यक्ष मनिष केसी शहिद क्षेत्रबहादुरका छोरा हुन् ।

यसैबीच शालिक निर्माणका लागि सहयोग जुटाउने उद्देश्यसहित समितिले शुक्रबार एक विशेष कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा विभिन्न व्यक्तित्वहरुबाट समितिले करिब ३ लाख रुपैयाँ रकम संकलन गरेको जनाएको छ । शालिक निर्माणका लागि पोखरा महानगरपालका वडा नम्बर १४ ले पनि विशेष आर्थिक सहयोग गर्ने जनाएको छ ।

दशैँको छेको पारेर आयोजित विशेष कार्यक्रममा वडा नम्बर १४ का वडा अध्यक्ष प्रेमबहादुर कार्की, स्थानिय काँग्रेसका नेता बोधबहादुर कार्की, नेविसंघ कास्कीका निवर्तमान अध्यक्ष विकास थापा, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सदस्य मिलन केसी लगाएतले शहिद क्षेत्रबहादुर केसीको योगदानको चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->