शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

देशभ्रमणमा सरकार, जलकुम्भी फाल्दै विदेशी

देशभ्रमणमा सरकार, जलकुम्भी फाल्दै विदेशी


  • ढोरपाटन संवाददाता
  • असोज १२ २०७६, आइतबार

पोखरा, १२ असोज – गण्डकीमा अहिले आन्तरिक पर्यटन वर्ष २०१९ चलिरहेको छ । आन्तरिक पर्यटन वर्ष सकिन तीन महिनामात्र बाँकी छ । यही तीन महिने अवधिमा १५ लाख पर्यटक भित्र्याउने लक्ष्य पनि गण्डकी सरकारले लिएको छ ।
गण्डकी सरकारले लक्ष्य पुरा गर्न तथा गण्डकीको पर्यटन ब्राण्डिङ गर्न र भ्रमणका लागि निम्तो दिन अहिले अन्तरप्रदेश भ्रमणको दौडाहामा छ । गत बिहिबार हिँडेको टोलीले भैरहवादेखि प्रदेश नं. १, २ र ३ को भम्रण गर्नेछ । यसका लागि ३६ लाख ६० लाख रुपैयाँ बजेट लिएर ५० जनाको टोली नाचगान देखि भेषभुष, संस्कृति, फोटो प्रदर्शन गर्न गएका छन् ।
सरकारले अन्य प्रदेशमा गण्डकी घुम्ने निम्तो दिईरहँदा पर्यटकको रोजाई र पर्यटनको उत्कृष्ट गन्तव्य मानिएको फेवाताल भने जलकुम्भीले घेरिएको छ । उसैपनि पर्यटक ओईरिने यस सिजनमा पर्यटकहरु आएका छैनन् । पोखरा आउने र फेवातालमा माछापुच्छे«को छायाँ हेर्ने आन्तरिक तथा बाह्य पर्यटक यो समयमा भने छायाँ होईन, जलकुम्भीका झार हटाउन खटिएका छन् । फेवाताल ताल भन्दा पनि चौर जस्तो देखिएको छ ।
फेवातालको कान्तबिजोग देखेर शनिबार ईटालीबाट आएका पर्यटकहरु समेत झार निकाल्न कस्सिए । उनीहरुसँगै पोखरा महानगरपालिकाको प्रहरी टिम, सरसफाई टिम र विभिन्न संघसंस्थाहरुले विगत ४ दिनदेखि जलकुम्भी निकाल्नमा सक्रिय छ ।
तालभरि फैलिएको जलकुम्भी तत्कालै निकालेर सकिन भने कठिन छ । उसो त पोखरा महानगरपालिकाले दुई वर्षअघि क्यानडाबाट करोडौं रुपैयाँको मेसिन किनेर ल्याएको थियो । उक्त मेसिनले मात्रै सफा गरेर नसक्ने भएपछि मानवश्रमका माध्यमबाट जलकुम्भी झिकिएको पोखरा महानगरका सूचना अधिकारी गंगालाल सुवेदीले जानकारी दिए ।
“हरेक दिन बिहान ७ देखि ९ बजेसम्म सफाई गर्ने गरेका छौँ” उनले भने ।
मेसिनले जलकुम्भीलाई तालको छेउछाउमा ल्याउँछ । त्यहाँबाट मानवश्रमको माध्यमबाट जलकुम्भी व्यवस्थापन गर्ने गरिएको छ । डुंगामा चढेर पनि जलकुम्भीलाई एकतृत गरिएको छ । त्यसपछि ट्रकमा हालेर लगिने गरिएको छ ।
तालबाट झिकिएको जलकुम्भीलाई लेकसाईडस्थित कोमागाने पार्क र क्याम्पिङ चौरमा डम्पिङ गरिएको छ ।
महानगर आफैले जलकुम्भी व्यवस्थापनको लागि भनेर बजेट चाहिँ छुट्याएको छैन् । गतवर्ष फेवाताल संरक्षण अभियानका नाममा बजेट विनियोजन भएतापनि अहिले उक्त कार्यक्रम छैन् ।
सुवेदी भन्छ्न, “शिर्षक नै तोकेर रकम चाहिँ छुट्याईएको छैन, अहिले ड्याम बनाउने भनेर रकम छुट्टिएको छ ।”

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->