पोखरा, १२ असोज – ट्रान्सपरेन्सी इण्टरनेसनल सँग आबद्व संस्था सुशासनका लागि नागरिक समाज ( सुनास ) कास्कीको ११औ साधारणसभा शनिबार सम्पन्न भएको छ । सभामा बोल्ने बक्ताहरूले मुलुकमा व्याप्त भ्रष्टाचार निवारणको लागि सुनास जस्ता संस्थाहरूले अझै प्रभकारी रूपमा अगाडि बढनुपर्ने आवश्यकता औल्याएका थिए । संस्थाका अध्यक्ष डा. बेदनाथ शर्माको सभापतित्वमा भएको साधारण सभामा सचिव रबीन्द्र नाथ बाँस्तोलाले प्रस्तुत गरेको बार्षिक प्रतिबेदन र माया गुरूङको कोषाध्यक्ष को प्रतिवेदन पारित गरिएको थियो । कार्यक्रममा पूर्व अध्यक्ष तथा नेपाल वारका उपाध्यक्ष सुरेन्द्र थापा मगर र पूण्य पौडेलले संस्थाको भूमिकाको बारेमा चर्चा गरेका थिए । सो कार्यक्रममा कार्यालय कार्यक्रम अधिकृत भानु पराजुलीले भावी कार्यक्रमको बारेमा प्रकास पारेका थिए ।





