शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

पोखरामा बागलुङले दिए शुभकामना, समृद्धिको यात्रामा लाग्न जोड

पोखरामा बागलुङले दिए शुभकामना, समृद्धिको यात्रामा लाग्न जोड


  • ढोरपाटन संवाददाता
  • असोज १२ २०७६, आइतबार

पोखरा, १२ असोज – बडादशैको सन्दर्भ पारेर बागलुङ समाज पोखराले आईतवार शुभकामना आदानप्रदान कार्यक्रम समपन्न गरेको छ । जिल्लाका विभिन्न स्थानमा घर, जन्मस्थान भई आजभोली पोखरामा रहेर विभिन्न पेशा ब्यवसाय गरेकाहरु विच आपसी समबन्ध कायम गर्ने उदेश्यले शुभकामना कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष कुलचन्द्र शर्माले जानकारी दिए । कार्यक्रमका सहभागीहरुले एक आपसमा दसैं, तिहार, नेपाल संवत, छठ लगागतका पर्वको शुभकामना साटासाट गरे । उनीहरुले सवैलाई समृद्धिको यात्रामा लाग्न जोड दिदै आपसी सदभावलाई कायम गरेर अगाडि बढ्नुपर्ने वताए ।
वि.सं.२०५७ सालमा स्थापना भएको बागलुङ समाज पोखराले हरेक वर्ष घटस्थापनाका दिन शुभकामना आदानप्रदान गर्दै आइरहेको छ । कार्यक्रममा समाजका पूर्व अध्यक्ष, सल्लाहकार, कार्यसमिति सदस्य तथा आजीवन र साधारण सदस्यहरुको सहभागीता रहेको थियो। समाजका अध्यक्ष कुलचन्द्र शर्माको सभापतित्वमा समपन्न कार्यक्रममा स्वागत उपाध्यक्ष सुनिल पाण्डेले र सञ्चालन सचिव डिल्ली शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->