शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

पढ्ने कलाको विकास गर्न डायमण्डमा दोस्रो पढाइ महोत्सव

पढ्ने कलाको विकास गर्न डायमण्डमा दोस्रो पढाइ महोत्सव


  • Dhorpatan News
  • असोज १२ २०७६, आइतबार

पोखरा, १२ असोज – बालबालिकाको शैक्षिक विकासमा थप सहयोग पुगोस् भन्ने उद्देश्यका साथ पोखरा महानगरपालिकाको तालचोकमा अवस्थित डायमण्ड माविमा दोस्रो पढाइ महोत्सब सम्पन्न भएको छ । पोखरा महानगर वडा नं. २७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङ्ग प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा नर्सरीदेखि कक्षा पाँचसम्मका विद्यार्थीको सहभागिता रहेको थियो । विद्यार्थीले सो कार्यक्रममा अंग्रेजी र नेपाली भाषाका कथा, प्रबन्ध कबिता विधामा सामुहिक वाचन प्रस्तुत गरेका थिए भने तहगत रुपमा अक्षर, शब्द, वाक्य, निवेदन, चिठी, संवाद, चित्रकथा, सूचना, बधाई पत्र, समबेदना पत्र, विज्ञापन आदिको नमूना वाचन प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथि गुरुङ्गले कलिलो उमेरमा बालबालिकाको पठन पाठनमा अभिरुचि बढाउन सकेको खण्डमा विद्यार्थीको पढाइमा राम्रो विकाश हुने र स्वदेशमा नै रोजगारीको सृजना गर्न सकेर विदेशिने युवा जनशक्तिमा कमी ल्याउन सकिनेमा यस प्रकारको कार्यक्रम फलदायी हुने विचार व्यक्त गरेका थिए ।

कक्षा नर्सरीबाट पाँच कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरुको पढाइमा अभिरुचि बढाउनुको साथै पढ्ने कलाको विकास गर्ने उद्द्ेश्यले पढाइ महोत्सव गरिएको बताइएको छ । नेपाली तथा अंग्रेजी दुबै विधामा विद्यार्थीको पढ्ने कलाको विकास गराउने महोत्सवको मुख्य उद्देश्य रहेको साथै विद्यार्थीले विभिन्न समयमा विभिन्न तरिका अपनाएर पठन पाठनमा सरिक हुन सक्ने जानकारी गराएका छन् ।

स—साना बाबुनानीहरूको सर्वाङ्गीण विकासका लागि घर र विद्यालयको वातावरण सिकाइ अनुकूल हुनुपर्ने कुरामा जोड दिदै आयोजना गरिएको उक्त कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको विद्यालयका निर्देशक माधवशरण उपाध्यायले जानकारी गराएका छन् । प्रतिकुल मौसमका विच पनि अभिभावक र विद्यार्थीको उल्लेखनीय सहभागितामा सम्पन्न भएको उक्त महोत्सवमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज लामिछानको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका व्यवस्थापक हरि लामिछानले स्वागत मन्तव्य प्रस्तुत गरेको थिए भने कार्यक्रमको संचालन सुष्मा पौडेल र कविता गुरुङ्गले गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->