
तनहुँ,१३ असोज – विषादीमुक्त गाउँ बनाउन तनहुँ व्यास नगरपालिका–१४ का बासिन्दाले सिंगो गाउँमा नै अर्गानिक तरकारी खेती थालेका छन् । अघिल्लो वष सम्म बजारबाट तरकारी गाउँमा ल्याएर खाने गरेका स्थानीयहरुे घरआँगनको बारीमा अर्गानिक तरकारी खेती थालेपछि आत्मनिर्भर पनि भएका छन । मौसमी तथा बेमौसमी अर्गानिक तरकारी खेती गदै आएको कुलुङ गाउँकी श्रीमाया आले बताइन ।
‘गाउँका सबै किसानले अर्गानिक तरकारी खेती गर्न थालेका छौँ,’उनले भनिन, ‘बजारमा विषादी प्रयोग गरिएको तरकारी खाँदा मानव स्वास्थ्यलाई नोक्सान गर्ने थाहा पाएपछि,विषादीमुक्त गाउँ बनाउन यो अभियान चलाएका हौं ।’
आफनै बारीमा अर्गानिक तरकारी खेती गर्न सके स्वास्थ्य पनि राम्रो हुने कुरा आफूहरुले बुझेको उनीहरुले बताए । जनप्रतिनिधि आएपछि गाउँमा तरकारी लगाउनुपर्छ भनेर तालिम दिएपछि व्यावस्थित रुपमा तरकारी खेती गर्न सुरु गरेको आलेले बताइन । वडाले तरकारी खेतीको लागि तालिम समेत सञ्चालन गरेको छ ।
गाउँमा टनेलमा गोलभेडा खेती पनि गरिएको छ । यसका अलवा मौसम अनसार, काउली, बन्द, घिरौँला, चिचिण्डा, करेलो, भेन्डीलगायतका तरकारी उत्पादन गर्दै आएको उनले बताइन । ‘गाउँलेले होमस्टे पनि संचान गरेका छन,’उनले भनिन्‘ होमस्टेमा आउने पाहुनाले पनि अर्गानिक तरकारी खान मन पराउँछन् ।’ यहाँ उत्पादित तरकारी गाउँमा नै विक्री हुन्छ । बढी भएको तरकारी दमौली र डम्रे बजारमा बिक्री हुर्दै आएको छ । अर्गानिक तरकारी खेती निकै प्रभावकारी भएपनि तरकारीमा रोग लाग्ने गरेको त्यहाँका कृषकको गुनासो छ । कृषि प्राविधिकको समस्या भएको छ । समयमा प्राविधिक पाइँदैन । अर्गानिक रुपमा तरकारी खेती गरेकाले तरकारीमा बढी मात्रमा रोगकिराले सताउने गरेको छ ।
व्यास वडा नम्बर १४ मा आधा दर्जन गाउँमा अर्गानिक तरकारी खेती गरेको वडा कार्यालयले जनाएको छ । कुलुङ, सोधेर, रुम्सी बेलडाडाँ, बेलभज्याङमा अगार्निक तरकारी खेती गरेको वडा अध्यक्ष काजीमान श्रेष्ठले बताए । ‘वडाका आधा दर्जन गाउँमा अगार्निक तरकारी खेती गरेका छन,’ उनले भने,‘वडा कार्यालयले अर्गानिक खेती गर्न अनुदानको व्यवस्था गरेका हौं ।’तालिम र टनेलका लागि शतप्रतिशत किसानलाई अनुदान दिएपछि किसान अर्गानिक खेतीमा होमिएको उनले बताए । अनुदनमा वडा कार्यालयले एक लाख रुपैयाँ खर्च गरेको छ । अहिले अर्गानिक खेती उत्पादन सुरु गरिसकेको छ । दैनिक रुपमा पाँच क्विण्टल तरकारी उत्पादन हुन्छ । दशैं र तिहारकोबीचमा सबैलाई पायक पर्ने ठाउँमा तरकारी संकलन केन्द्र बनाउने तयारी गरेको वडा अध्यक्ष श्रेष्ठले बताए । संकलन केन्द्रबाट तरकारी बिक्री बितरण हुन्छ । होमस्टे, मानव स्वाथ्य, आर्यआर्जनलाई मध्यनजर गरेर किसानलाई अर्गानिक तरकारी खेतीका लागि अनुदानको व्यवस्था गरेको हो । यहाँका एक सय २० कृषकले बजारमा अर्गा्निक तरकारीको माग बढेसँगै ववसायिक रुपमा अर्गानिक तरकारी खेती गर्दै आइरहेका छन ।





