शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

मापदण्ड विपरित घर अनुसारनै नियम

मापदण्ड विपरित घर अनुसारनै नियम


  • विजय नेपाली
  • असोज १७ २०७६, शुक्रबार

पोखरा,१७ असोज – पोखरामा पछिल्लो समय मापदण्ड विपरितका संरचना निर्माण बढ्दो क्रममा छ । पोखराका करिब १० प्रतिशत घरहरु मापदण्ड विपरित निर्माण भइसकेका छन । अझ सरकारी जग्गा अतिक्रमण गरि निर्माण भएका घरहरुको संख्या जोड्ने हो भने करिब २० प्रतिशत घर मापदण्ड बिपरित नै छन ।
पोखरा महानगरले दिएको तथ्यांक अनुसार नगर प्रहरीमा मापदण्ड विपरित बनेका संरचनाको उजुरी ७६ वटा रहेका छन भने १४ वटा उजुरीलाई मिलापत्र गरिएको छ । १८ सार्वजनिक सम्पत्तिको सुरक्षा गरिएको छ भने ६८ वटा नियम विपरित बनेको भवनको सम्बन्धित व्यक्ति उपस्थिती भएको छ । त्यस्तै महानगरमा १३ वटा उजुरी परेको पाइन्छ । यस बाहेक दुई तले भवन समपन्न लिएर तिन देखि आठ तले सम्म निर्माण गर्नेको भने अत्तोपत्तो छैन । महानगरमा २३ जना इन्जिनियरहरु छन जस्मा ३ जना वरिष्ठ इन्जिनियर रहेका छन । घर निर्माण समपन्न दिदा दुई वा तीन तलेको दिए पनि अनुगमन नहुदा तला थप्ने क्रम बढ्दो छ । महानगरको आँखा अघि नै मापदण्ड विपरितका भवन निर्माण हुदा समेत मौन देखिन्छ महानगर ।
यस्तै महानगरले गत पुसमा पोखरा महानगरपालिका भित्र भवन तथा संरचना निर्माण गर्दा अस्पटता देखिएको कारण सहजीकरण गर्ने भन्दै महानगरकार्यपालिकाको बैठक बसि नियम समेत बनाएको हो । उक्त नियमानुसार दोहोरो तेहोरो मापदण्ड सम्बन्धमा सुरुको घडेरीलाइ मुख्य सडक तर्फ महानगरको प्रचलित मापदण्ड तथा वस्ति विकास निर्दे्शिका अनुसार गर्ने र मुख्य सडकबाट खोलिएको १ सय मिटरसम्म लम्बाइ कायम भइ टुंगिएका सडकहरु र शाखा बाटोको हकमा नापी नक्सामा काटिएको बाटोको किनारबाट टपसम्म १ मिटर कायम गर्ने भनी उल्लेख छ । फेवाताल किनारको हकमा भने सर्वोच्च अदालतको फैसलाबाट निर्णय भए बमोजिम फेवातालको मापदण्ड कायम गर्ने निर्णय गरियो भनी उल्लेख छ । त्यस्तै पुर्व निर्मित भवनहरुलाइ नियमित गर्ने भन्ने सम्बन्धमा सरकारी जग्गा अतिक्रमण नगरेको खण्डमा भवन मापदण्ड लागू भएको मितिले ३५ दिनको सुचना प्रकाशित गरि बस्ती विकास निर्दे्शिका २०७२ र स्थानिय सरकार संचालन ऐन २०७४ वमोजिमको प्रक्रिया र्पुयाइ क्यापास गरिदिने र यो व्यवस्था अनुसार नक्सापास गर्दा प्रचलित दस्तुरको तेब्बर दस्तुर राजस्व बापत बुझाउनुपर्ने भनिएको छ ।
तर महानगरले मापदण्ड विपरित निर्माण भएका भवनलाइ कार्वाही गर्नुको साटो उल्टै सोही अनुसार नियम निर्माण गरेको पाइन्छ । महानगरको यश कदमले विचौलियाहरुलाइ थप राहत मिलेको पाइन्छ भने अर्का तिर पोखराको सुन्दरतालाइ समेत असर पारेको देखिन्छ । पछिल्लो समय पोखरामा निर्माण भएका घरहरुले निकै सुन्दर देखिने माछापुच्छ्रे हिमाल समेत छेकिने गरेको छ । फेवाताल किनार नजिकका घरहरु हेर्दा दुई तले सम्म समप्न्न दिने महानगरको कानुन भएता पनि ८(९ तले घर दिन प्रतिदिन निर्माण हुँदै गएको छ । यस प्रती कार्वाहीको लागि महानगरले कुनै चासो देखाएको पाइदैन ।
पोखरा महानगरका प्रमुख मानबहादुर जिसिले भने मापदण्ड विपरित संरचनाको तथ्यांक संकलन कार्य भएको बताए । “ १७ मिटर सम्म बनाउने ऐन छ, भवन आचार संहिता ऐन अनुसारनै जाने हो , मापदण्ड विपरित भए माहानगरले नै हटाउछ“ जिसिले भने ।

प्रधानमन्त्रीदेखि प्रदेश प्रमुख समेत बसेका थिए मापदण्ड विपरित होटलमा

लेकसाइडमै मापदण्ड विपरित निर्माण भएको १० तले स्विस इन्टरनेशनल होटल सरोवरमा प्रधानमन्त्री केपि ओलीले दुई घण्टा आराम गरेका थिए ।
जेठ १८ गते पोखरामा विभिन्न कार्यक्रम सहित उक्त होटलकै उद्धघाटन गर्ने वचन दिएका प्रधानमन्त्री ओलीले विवाद भएपछि होटलको उद्घाटन त गरेनन् तर, त्यहाँ आराम गरेर सद्भाव प्रकट गरे । नगरे पनि सोही होटलमा आराम गरेका थिए । मापदण्ड विपरित बनेको उक्त होटल उद्घाटन हुने भनिएको कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ, गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावण मन्त्री विकास लम्साल, गण्डकी प्रदेशका सांसदहरु राजिव पहारी,रामजी बराल, बिन्दुकुमार थापा, पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जगत पहारी, मानव अधिकारकर्मी टेकनाथ बराल लगायत समेत उपस्थिति थियो ।
उपराष्ट्रपति नन्दबहादुर पुन पनि मापदण्ड विपरित बनेको होटलको उद्घघाटन गरेको भन्दै आलोचित भए । गत वर्ष माघ २ गते पोखराको अमरसिंहचोकमा मापदण्ड विपरित बनेको १० तले ‘होटल टास्क इन्टरनेसनल’को उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाघाटन गरेका थिए । उपराष्ट्रपति पुनले होटलको उद्घघाटन गरेपनि होटल टास्क इन्टरनेसनलको भवन पोखरा महानगरपालिकाले तोकेको मापदण्ड बिपरित छ । १८ करोड रुपैयाँको लगानीमा व्यवसायी मिनराज गुरुङ र उनकी धर्मपत्नी गौरी तमुले होटल सञ्चालनमा ल्याएका हुन् । महाभूकम्प गएको दिन २०७२ साल वैशाख १२ गते शिलान्यास गरिएको सो होटल चार वर्षपछि भूकम्प सुरक्षा दिवसको अवसर पारेर उद्घघाटन गरिएको थियो । पोखरामा हालसम्म वैधानिक रुपमा तीनतले अर्थात ३५ मिटरसम्म उचाइका घर तथा होटल एवं भवनहरु निमार्णको अनुमति भए पनि मापदण्ड विपरीत बनेका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->