शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङका करणको चामत्कारी प्रर्दशनः एकै ओभरमा ३ विकेट

बागलुङका करणको चामत्कारी प्रर्दशनः एकै ओभरमा ३ विकेट


  • Dhorpatan News
  • असोज २० २०७६, सोमबार

पोखरा, १९ असोज – ओमनमा जारी टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तरगतको खेलमा बागलुङका करण केसीले चामत्कारिक खेल प्रर्दशन गरेका छन् । नेपालको पहिलो हङकङ विरुद्धको खेलमा करणले एकै ओभरमा ३ विकेट लिएर आँफनो खेल जीवनमै नयाँ किर्तिमानी रेकर्ड कायम गरेका छन् ।
पाँच देश सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तरगत नेपालको पहिलो खेलमा करणले खेलको पाँचौँ ओभरमा ३ विकेट लिएका हुन्। उनले ४.३ आभेरमा हङकङका ओपनर असन अब्बासीलाई १३ रनमा रोहितकुमार पौडेलको हातबाट क्याच आउट गराए । अर्को बलमा रन दिएनन्। त्यसपछि ५ वाइड फ्याँके। तर त्यसपछिका दुई बलमा भने हङकङका निजाकत खान र शाहिद वासिफलाई आउट गराए ।
टस जितेर पहिले बलिङ गरेको नेपालले हङकङलाई १२५ रनमा समेटेको हो । करण केसीले एकै ओभरमा तीन विकेट लिएपछि हङकङ सुरुमै दबाबमा परेको थियो ।  अन्तिम ओभरमा पनि एक विकेटलिएर करणले आफ्नो विकेट संख्या ४ पुर्‍याएका छन् । टी-२० मा यो उनको व्यक्तिगत उत्कृष्ट प्रदर्शन हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->