शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

कास्की समाजको शुभकामना आदानप्रदान तथा छलफल कार्यक्रम

कास्की समाजको शुभकामना आदानप्रदान तथा छलफल कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • असोज २२ २०७६, बुधबार

पोखरा,२२ असोज –  विजया दशमी तथा शुभदिपावली २०७६ को अवसरमा कास्की समाज अन्तर्रा्ष्ट्रिय समन्वय परिषद्ले शुभकामना आदानप्रदान तथा आगामी महाधिवेशनको लागि छलफल कार्यक्रम गरेको छ ।

समाजका अध्यक्ष पुर्ण तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव गोविन्द पौडेल, स्थानिय संयोजक निरज थापा, महिला संयोजक पुजा शाह, सांस्कृतिक संयोजक चोलेन्द्र पौडेल, जापान, आयरल्यान्ड, स्पेन, कतार, दुबई लगाएतका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

दोस्रो महाधिवेशनमा निर्वाचन गर्नको लागि चोलेन्द्र पौडेल, लक्ष्मण वाँनिया सदस्य रहेको निर्वाचन समिति गठन गरिएको महासचिव गोविन्द पौडेलले वताए ।

असोज २५ र २६ गते पोखरामा दोस्रो महाधिवेशन गर्ने कार्यक्रम छ। महाधिवेशनमा भाग पिलन २८÷२९ देशमा गठन भएका कास्की समाजका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहने आयोजकले वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->