बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

आर्वामा ‘हाम्रो समाज’ नाटक प्रर्दशन सहित सांस्कृतिक कार्यक्रम

आर्वामा ‘हाम्रो समाज’ नाटक प्रर्दशन सहित सांस्कृतिक कार्यक्रम


  • Dhorpatan News
  • असोज २४ २०७६, शुक्रबार

पोखरा,२४ असोज – पोखरा महानगरपालिका वडा नं. १३ आर्वामा मोहरपानी आदर्श टोल विकास संस्थाको आयोजना तथा आदर्श नाट्य समुहको सहकार्यमा हाम्रो समाज नाटक प्रर्दशन तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।विजया दशमी तथा शुभ दिपावलीको अवसरमा सामाजिक जनचेतना मुलक नाटक हाम्रो समाज महाअष्टमीको दिन प्रर्दशन गरिएको थियो । नाटकमा स्थानिय कलाकारहरु देवेन्द्र वराल (मुक्ती), हरिकृष्ण सिग्देल, सावित्रि वराल, युवराज वराल, अनिता अधिकारी, यज्ञ वराल, सुभाष वराल, मोहन सिग्देल, राजन सिग्देल, नमुना वराल, परमेश्वर वराल, राम र लक्ष्मण वराल, जिवन वराल, सुशान्त वराल, लगायत दुई दर्जन कलाकारले भाग लिएका थिए ।

नाटकको लेखन तथा निर्देशन मोहरपानी आदर्श टोल विकास संस्थाका सचिव शिवराज वरालले गरेका थिए ।नाटकमा समाजमा रहेको कुसंस्कार तथा वेथीति जुवा तास, जाँड रक्सी, लागु औषध लगाएतका विकृति विसंगतिका विरुद्ध सचेतना मुलक रहेको टोल विकास संस्थाका अध्यक्ष श्रीराम सिग्देलले वताए ।आर्वाको जागरण आमा समुहको भवनमा विभिन्न साँस्कृतिक कार्यक्रम सहित पोखरेली ध्रुमुस राजेन्द्र नेपाली लट्टे र माग्ने बुढो युवराज भण्डारीको हास्य प्रहसन प्रस्तुत गरिएको थियो ।

पोखरा महानगरपालिका वडा नं. १३ की वडा सदस्य कमला विकले उद्घाटन गरेको कार्यक्रममा जागरण आमा समुहकी अध्यक्ष राधादेवि वराल (विद्या), सुमन वराललगाएतले वोलेका थिए ।अध्यक्षता टोल विकास संस्थाका अध्यक्ष श्रीराम सिग्देलले र संचालन सचिव शिवराज वरालले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->