बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मुक्तिनाथमा पर्यटकको भीड, स्नानपछि मोक्ष प्राप्ति हुने विश्वास

मुक्तिनाथमा पर्यटकको भीड, स्नानपछि मोक्ष प्राप्ति हुने विश्वास

धार्मिक पर्यटकहरुका लागि मुक्तिनाथ, पशुपतिनाथ जस्तै महत्वपूर्ण धार्मिक धाम मानिन्छ ।


  • योगेशजंग खड्का
  • असोज २८ २०७६, मंगलबार

मुक्तिनाथ, २८ असोज – मुस्ताङ नाम सुन्दासाथ सवैको मनमा पर्यटकीय गन्तब्यको सम्झना आइहाल्छ । असोज कात्तिक त यहाँको सिजन नै भइहाल्यो । त्यसैले होला यतिवेला मुस्ताङ पुग्न गाडी र पर्यटकहरुको बाटोभरी नै लाभालस्कार देखिन्छ । मुस्ताङको सदरमुकाम जोमसोम पुगेपछि सवैले खोज्ने पर्यटकीय स्थल हो मुक्तिनाथ । धार्मिक हिसावले अत्यन्त महत्वपूर्र्ण तिर्थस्थल म्ुक्तिनाथमा यतिवेला भक्तालुहरु भीड लागेको छ । हिन्दु र बौद्ध धर्मालम्बीहरुहरुले उत्तिकै आस्था र श्रद्धाका साथ पुजाआजा र दर्शन गर्न मुक्तिनाथमा अहिलेको सिजनमा भने भारतीय पर्यटकहरुको बढि नै भीड लागेको छ । चार धामका रुपमा प्रमुख एक धाम मानिने यहाँ आउनेमा बढि धार्मिक पर्यटक छन । धार्मिक पर्यटकहरुका लागि मुक्तिनाथ, पशुपतिनाथ जस्तै महत्वपूर्ण धार्मिक धाम मानिन्छ । त्यसैले यो तिर्थस्थल दुर्गम स्थलमा भएपनि विगत वैदिककालदेखि नै लाखांै पर्यटक मुक्तिनाथ आउने गरेका छन ।
धार्मिक आस्थाका आधारमा नै हामी यहाँ दर्शन तथा स्नान गर्न आएका हौ, परिवार सहित मुक्तिनाथ आइपुगेका भारतका म्रजेस रायले भने, यो हाम्रो पशुपतिनाथ पछिको दोस्रो धार्मिक गन्तब्य हो । यहाँ आईपुग्दा हामीलाई छुट्टै आनान्द महशुस हुन्छ । मुक्तिनाथ आएर मन्दिरको दर्शन गर्ने, १०८ धारामा स्नान गर्ने, कुण्डमा नुहाउने र होम गर्दा मोक्ष प्राप्ति हुने उनको भनाई छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ आइपुगेपछि त यहाँ आउने भारतीय पर्यटकहरुको संख्या दोब्बर नै पुगेको मन्दिर ब्यवस्थापन समितिले जनाएको छ ।
मुक्तिनाथमा भारतीय मात्रै होइन, नेपालीहरु पनि उत्तिकै पुग्ने गरेका छन । धार्मिक र साँस्कृतिक महत्व बोकेको यहाँ बालकदेखि वृद्धा सम्म सवै आउने गरेका छन । अधिकांश धार्मिक हिसावले मन्दिर पुग्ने गरेपनि केही युवायुवतीहरु भने घुम्न र हेर्नका लागि मात्रै भएपनि पुग्ने गरेका छन । कतिपय त साईकिलिङ गर्दै मुक्तिनाथ आइपु्गेको वताउछन । आफुहरु मुक्तिनाथको दर्शन गर्न र गण्डकी प्रदेशको आन्तिरक पर्यटन बर्षलाई सफल पार्न यहाँ आएको चितवनका शशिधर पौडेलले वताए । उनले मन्दिरमा आउने तिर्थांलुहरुको ब्यवस्थापनमा ध्यान दिनुपर्ने वताए । सवैभन्दा बढि धार्मिक पर्यटक आउने मुक्तिनाथको ब्यवस्थापन धार्मिक हिसावले नै गर्नु पर्दछ । आश्विन कृष्ण औशीदेखि नै हजारौ धार्मिक पर्यटकहरु यहाँ आउने गरेका छन । कागबेनी आएर पितृलाई दर्पण दिएर मुक्तिनाथ आउनेहरु पनि उत्तिकै संख्यामा हुन्छन ।
विश्वमा रहेका वैदिक सनातन धर्मालम्बीहरु एकपटक मुक्तिनाथमा पुगेर पुजाआज र दर्शन नगरे मोक्ष प्राप्त नहुने यहाँ दर्शन गर्न आउनेहरु अधिकांशको विश्वास रहेको छ । हिन्दु जस्तै बौद्ध धर्मालम्बीहरु पनि यहाँ आउने भएकाले मन्दिरमा पुजाआज र दर्शन गर्नका लागि राम्रो ब्यवस्थापनमा ध्यान पुग्नु पर्ने बागलुङबाट आएका मेगराज शर्माले वताए । उनका अनुसार मुक्तिनाथ जानुभन्दा पूर्व कागबेनीमा पितृका नाममा श्राद्ध गर्ने परम्परा छ । त्यसपछि मुक्तिनाथ पुगी मन्दिरमा रहेका १०८ धारा र २ कुण्डमा स्थान गरी पाप पखाली पुण्य कमाइने विश्वास रहीआएको छ । यसरी धारामा स्नान गरी कुण्डमा नुहाएपछि कपडा फेर्ने ठाऊँको अभाव रहेको छ । त्यसका लागि मन्दिर ब्यवस्थापनले छुट्टै स्थानको ब्यवस्था गर्नुपर्ने देखिन्छ । धारा र कुृण्डमा स्नान गरेपछि कपडा फेर्नका लागि महिला र पुरुषका लागि फरक फरक डाऊको ब्यवस्था नहुदा समस्या भएको उनको भनाई थियो ।
कागबेणीबाट मुक्तिनाथसम्म पुग्न सडक कालोपत्रे गरिएको भएपनि त्यहाँसम्म पुग्नलाई भने कच्ची सडकको भर पर्नु पर्दछ । मन्दिर पुग्नका लागि करिव १० मिनेटको उकालो हिड्नु पर्दछ । वृद्ध, वृद्धा र अश्रक्तहरु सिढी चढेर जान कठिनाई हुन्छ । हुन त गाडीबाट झरेपछि मन्दिरसम्म जानका लागि घोडा चढ्न पाईन्छ तर त्यहाँ पुग्ने घोडाको शुल्क भने अलि बढि नै तिर्नुपर्दछ । १० मिनेटको दुरीलाई घोडाको यात्रा गर्दा रु. ३ सय तिनु पर्दछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->