शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

१३ औ साग तयारीका लागि बक्सिङ टोलि पोखरामा

१३ औ साग तयारीका लागि बक्सिङ टोलि पोखरामा


  • ढोरपाटन संवाददाता
  • असोज २९ २०७६, बुधबार

पोखरा, २९ असोज – १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता ( साग) को तयारीका लागि बक्सिङ टोलि पोखरा आएका छन ।
१३ औं साग गेमको तयारी गर्नको लागि बक्सिङ टोलि पोखरा आएका हुन ।
पोखरामा यस अघि बन्द प्रशिक्षणको लागि ह्याण्डबल आर्चरी र व्याडमिन्टन, महिला फुटबल टोलीसँगै पछिल्लो समय बक्सिङ टोली पोखरा आईपुगेको छ । सोमबार मध्यरातमा आईपुगेको टोलीलाई कास्की जिल्ला बक्सिङ संघले मंगलबार विहान स्वागत गर्दैै पोखरा रंगशालामा उपलब्ध पुर्वाधारसँगै प्रशिक्षण सामाग्रीको बारे जानकारी दिएको थिइयो ।

प्रशिक्षणको लागि पोखरा रंगशालास्थित सेमी कभर्ड हलमा रहेको एकमात्र बक्सिङ रिङमा प्रशिक्षण गराईने छ । आवश्यक तयारी विना नै टोलि पोखरा आएका छन । खेलाडिलाइ खेल सामग्रीको अभाबमै बन्द प्रशिक्षण गर्ने देखिएको छ । अफिसियल टोलीले यस अघि नै पोखरा रंगशालाको प्रशिक्षणस्थलको अध्ययन गरेर फर्किएको थियो ।
बक्सिङका लागि चार प्रशिक्षकसँगै १६ खेलाडी पोखरा आईपुगेका हुन भने केही खेलाडी आउने क्रममा रहेका छन । आउन बाँकी खेलाडीहरु चीनमा छन ।
महिला तर्फ ४९ केजीमा ललिता महर्जन, ५१ केजीमा माला राई, ५७ केजीमा चन्द्रकला थापा र ६० केजी तौलमा संगीता सुनार छन् । त्यसैगरी पुरुष खेलाडीमा ४९ केजीमा शुशिल थापा मगर, ५६केजीमा पुरन राई, ६० केजीमा अनिल शाही, ६४ केजीमा भुपेन्द्र थापा, ६९ केजीमा विकास लामा र ९१ केजीमा आर्जुनसिंह गुरुङ रहेका छन् ।
मुख्य प्रशिक्षकको रुपमा प्रकाश थापा मगर, बरिष्ठ प्रशिक्षक प्रवीण तुलाधर, प्रशिक्षकमा डम्बरदत्त भट्ट र विदेशी प्रशिक्षक उज्वेकिस्तानका अली शेर रहेका छन् । व्यवस्थापक तर्फ प्रमिला राई र प्रमे पौंउजु रहेका छन् । चीनबाट आउने खेलाडीको सूचीमा महिला तर्फ मिनु गुरुङ(५४ केजी) र पुनम रावल(६४ केजी छन् । पुरुष तर्फ तेजबहादुर देउजा(५२ केजी), दिपक श्रेष्ठ(७५ केजी) मनोहर बस्नेत(८० केजी), आशिष दुवाडी(९१ केजीमाथि) रहेको मुख्य प्रशिक्षक प्रकाश थापामगरले जानकारी दिए । उनका अनुसार खेलाडीको विहान र बेलुकी नियमित रुपमा एक महिना प्रशिक्षण पोखरामै हुने छ ।

खेलाडी तथा अफिसियललाई कास्की जिल्ला बक्सिङ संघका अध्यक्ष बुद्ध गुभाजूले स्वागत गरेका थिए । स्वागतमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानीको समेत उपस्थिति थियो । स्वागत गर्दै संघका अध्यक्ष गुभाजूले पुर्वाधार र खेलसामाग्रीको अभाव रहेपनि खेलाडीहरुमा आत्मविश्वास हुनुपर्नेमा जोड दिए । ‘आठौं साग गेम्स नेपालीमै आयोजना हुदाँ बनाएको गर्विलो इतिहास १३ औं मा पनि कायम हुनुपर्छ ’ गुभाजुले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->