बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

यस्तो रहेछ पूजा र सौगातको ‘पोई पर्‍यो काले’

यस्तो रहेछ पूजा र सौगातको ‘पोई पर्‍यो काले’


  • Dhorpatan News
  • असोज ३० २०७६, बिहिबार

पोखरा, ३० असोज – फिल्म ‘पोई पर्यो काले’को ट्रेलर सार्वजनिक भएको छ । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले कमेडी, सस्पेन्स लगायतका बिषय समेटेर ट्रेलर बाँहिर ल्याएको हो । शिशिर राणाको कथा तथा निर्देशन रहेको फिल्म कात्र्तिक ८ गतेबाट प्रदर्शनमा आउँदैछ । कालो बर्णको केटा मन नपराउने एक यूवतीको जीवनमा आइपर्ने घटनाक्रमलाई फिल्मले बिषय बनाएको निर्देशक राणाले बताए ।
सौगात मल्ल, आकाश श्रेष्ठ, सोहित मानन्धर, पूजा शर्मा, श्रृष्टी श्रेष्ठ लगायत कलाकारको मुख्य भूमिका रहेको फिल्मको ट्रेलर दर्शकमा उत्सकुता पैदा गर्ने खालको छ । रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्म किरण नेपालीको प्रस्तुतिमा दिपक मनाङ्गे र सरोज नेपालीले मिलेर बनाएका हुन् ।
अमलादेवी राई यसको कार्यकारी निर्माताको रुपमा रहेकी छन् । लालबहादुर क्षेत्री र अर्जुन पोखरेलको संगीत, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी, तारा थापाको सम्पादन, शिव ढकालको छायांकन फिल्ममा छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->