शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

शहीद थमनस्मृति भलिवल प्रतियोगिता हुँदै

शहीद थमनस्मृति भलिवल प्रतियोगिता हुँदै


  • ढोरपाटन संवाददाता
  • असोज ३० २०७६, बिहिबार

पोखरा, ३० असोज – सहीद थमन परियारको स्मृतिमा पोखरामा वडास्तरीय भलिवल प्रतियोगिता आयोजना हुने भएको छ । थमन परियार स्मृति प्रतिष्ठानको आयोजना तथा पोखरा उमहानगरपालिका वडा नम्बर २८ को आयोजनामा कार्तिक ६ देखि ८ गतेसम्म प्रतियोगिता आयोजना हुन लागेको आयोजकले जनाएको छ  । शहीद थमन स्मृति भलिवल प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ नगदसहित शिल्ड र मेडल प्राप्त गर्नेछ भने उपविजेतालाई नगद ५० हजार ५ सय ५५ रुपैयाँसहित मेडल दिइनेछ । प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्लकर, बेष्ट सेटर,बेष्ट सर्भर र बेष्ट क्विक स्पाइकरलाई पनि पुरस्कार दिइने प्रतियोगिताका संयोजक मनमोहन अधिकारीले विहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए । सो अवसरमा उनको स्मृतिमा निर्मित खेल मैदानको समेत उदघाटन गरिने छ । तत्कालीन माओवादीका नेता,कलाकार  तथा पत्रकार  थमन परियारको २०६३ साल कार्तिक ६ गते निधन भएको थियो । कास्कीको माझथानामा जन्मेका थमन तत्कालीन माओवादीका क्षेत्रीय ब्यूरो सदस्य, कास्की जिल्ला कोषाध्यक्ष,नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष,राष्ट्रिय स्वाभिमान साप्ताहिकका सह–सम्पादकलगायतका जिम्मेवारीमा थिए । तत्कालीन माओवादीभित्र उनलाई ‘काका’ भनेर आदर गरिन्थ्यो । प्रतिष्ठानले सहिद परियारको स्मृतिमा प्रत्येक वर्ष विविन्न रचान्नात्मक कार्यक्रम गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->