आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

बजारमा आउँदै ‘भिर्नी झोलामा’

बजारमा आउँदै ‘भिर्नी झोलामा’


  • Dhorpatan News
  • कार्तिक १ २०७६, शुक्रबार
नेपाली कोल संगीतको क्षेत्रमा पछिल्लो समय टिपिक शव्द र लयका गीतहरुको लहर चलेको छ । सामाजिक सञ्जालहरुमा गाउँले ठेट शव्दहरुमा बनेका गीत सोही अनुसारको लय दर्शक श्रोताले मन पराउन थालेकाले सर्जकहरु पनि त्यस्तै गीत संगीतको तयारीमा छन् । लामो समयदेखी सञ्चार र संगीतको क्षेत्रमा निरन्तर लागिरहेका सर्जक कृष्ण अँखेलीले पनि पछिल्लो समय गाउँले ठेट भाकाको दोहोरी गीतको तयारी थालेका छन् । गायीक सरस्वती लामिछाने सँग मिलेर यसै साता युटुव च्यानल मार्फत सार्वजनिक हुन लागेको ‘भिर्नी झोलामा’ बोलको गीतका लागी अँखेलीले प्रचार प्रसार थालेका छन् । ‘समय सापेक्ष दर्शक स्रोताको मन राख्ने खालको गीत बनेको छ’ अख्ेलीले भने ‘सबै काम सकिएको छ प्राबिधिक रुपमा बाँकी रहेका केही काम सकेर बजारमा ल्याउँछौं’ युुव च्यानलमा भ्युजका आधारमा आउने बिज्ञापन बाहेक अन्य कुनै आय स्रोत नभए पनि पाँच लाख रुपैयाँ लगानी गरेर यो गीत तयार भएको छ । गीतका शव्दा प्रदेशमा रहेका सर्जक शिव अँखेलीले लेखेका हुन् । कृष्ण अँखेली र सरस्वती लामिछानेको स्वर रहेको गीतको लय कृष्ण आँफैले संकलन गरेका हुन् ।

—

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->