पोखरा, ३ कात्तिक – दिदी र भाईको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउने पर्व तिहार नजिकिँदै गर्दा टिका माला बोलको तिहार गीत बजारमा आएको छ । रमेश बीसीको मर्मस्पर्शी शब्द संयोजन र बिबी अनुरागीको संगीतमा रामकृष्ण ढकालको स्वरले सजिएको टिका माला बोलको तिहार गीत बजारमा आएको हो । चर्चित गायक तथा मोडल प्रकाश सपूत र सरिता लामिछानेको जीवन्त अभिनय रहेको यस गीतको भिडियोलाई शंकर बीसीले निर्देशन गरेका हुन् । सबै भन्दा धेरै म्युजिक भिडियो निर्देशन र अभिनय समेत गरिसकेका शंकर बिसी भन्छन् : अहिलेसम्मकै उत्कृष्ट भिडियो भित्र यो पनि पर्छ, “म राती भिडियो हेरेर रुँदै निदाएँ ।” भिडियोमा कलाकारहरु मोनालिशा शर्मा, दीपक डि.बी, दीज्ञा महत, दपमर्श महत, खेम नेपालीले साथ दिएका छन् । दुर्गा पौडेलले खिचेको भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गरेर विन्धयाबासिनी म्युजिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
यो हेर्नुस् गीतको भिडियो :





