बागलुङ, ३ कार्तिक – गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटाले नाराले मात्र देशको विकास नहुने बताउँदै त्यसको लागि सवै मिलेर काम गर्नुपर्ने बताएका छन । बागलुङ नगरपालिका – ४ ओडारचौरमा चार युवा क्लवले संयुक्त रुपमा आईतबारदेखि संचालन गरेको दशैं तिहार मेलाको उद्घाटन गर्दै सांसद सापकोटाले प्रधानमन्त्री केपि शर्मा ओलीको समृद्ध नेपाल, सुखी नेपालीको नारालाई सार्थक बनाउन सवै लाग्नुपर्ने वताएका हुन् । देश विकासको लागि एकताका साथ लाग्नुपर्ने वताउदै सांसद सापकोटाले पहिला आफ्नो घरको कामबाट समृद्धि ल्याउनुपर्नेमा जोड दिए । अन्य ठाउँमा देखेको खेलकुद मैदानले केहि नहुने भन्दै उनले आफ्नो ठाउँमा आफै खेल मैदान बनाउनुपर्नेमा जोड दिए । बानपा-४ का युवाहरुले आफ्नो ठाउँमै खेलमैदान निर्माणको लागि अभियान संचालन गर्दा आफुलाई समेत उक्त ठाउँमा राम्रो मैदान नबन्नेमा शंका उत्पन्न भएपनि अहिले राम्रो मैदान बन्दा खुसी लागेको बताए । युुवाहरुको सक्रियतामा मैदान तयार भएपछि अव यसरी नै देश विकासमा युुवाहरुलाई एकिकृत गर्नुपर्ने वताए । उनले भने, समृद्धिका लागि युवाहरुको सक्रियता आवश्यक छ ।
कार्यक्रममा बागलुुङका प्रमुुख जिल्ला अधिकारी लुुकबहादुुर क्षेत्री, उद्योग वाणिज्य संघ बागलुुङका अध्यक्ष युुवराज राजभण्डारी, ओडारचौर बहुुउद्धेश्यीय खेलकुुद मैदान निर्माण समितिका अध्यक्ष भरत शर्मा, वैदेशिक रोजगार सहयोग संकलन समितिका संयोजक सुुनिल केसी, स्वामी ऋषि प्रपन्नचार्य लगायतले शुभकामना मन्तब्य राख्दै मेला सफलताको कामना गरे। उनीहरुले युवाहरु सिर्जनशील काममा लाग्नुपर्नेमा जोड दिए । क्लबका अध्यक्ष अविशेक कटुवाल क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव आशिष शर्माले र स्वागत सहसचिव रोशन कुँवरले गरेका थिए । क्लवले आयोजना गरेको दशै तिहार मेलाको अवसरमा खुुल्ला सेवेन ए साइड फुुटवल प्रतियोगिता, घैटोफोर र स्लो बाइक रेस प्रतियोगिता आयोजना गरेको छ । सेवेन ए साइड फुटबल प्रतियोगिताको विजेताले ५१ हजार र उपविजेताले २५ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
कुुनै समय पानीको खोलाको रुपमा रहेको ठाउँमा बागलुुङबाट वैदेशिक रोजगारीको शिलशिलामा रहेका नेपालीहरु, बागलुुङ नगरपालिका र स्थानियहरुको सक्रियतामा फुुटवल मैदान तयार भएको क्लवका अध्यक्ष अविशेक कटुुवाल क्षेत्रीले जानकारी दिए । ओडारचौरमा बहुुउद्धेश्यीय खेलकुुद मैदान तयार गर्न बागलुु«ङ नगरपालिकाबाट १३ लाख, वैदेशिक रोजगारी तथा अध्ययनको शिलशिलमा विदेशमा रहेका नेपालीबाट १४ लाख ३४ हजार १ सय ५८ र स्थानिय वासीको १५ लाख जनश्रमदानबाट खेलमैदान तयार भएको निर्माण समितिका अध्यक्ष भरत शर्माले बताए ।





