पोखरा, ५ कात्तिक-लामो समय सञ्चारकर्मसंगै गितसंगितमा लागेर आफ्नो छुट्टै पहिचान वनाउन सफल कलाकार कृष्ण अखेलीको मौलिक लोकदोहोरी एल्वम वजारमा आएको छ । लोकप्रिय कलाकार अखेलीको बहुप्रतिक्षित गीत भिर्नी झोलामा सार्वजनिक भएको हो । नेपाली लोकदोहोरी गित संगितको क्षेत्रमा पछिल्लो समय मौलिकता र जनवोलीका भावहरुसंगै टिपिकलताले स्थान पाईरहेको अवस्थामा सर्जक शिव अखेलीको उत्कृष्ट शव्द सिर्जना, गायिका सरस्वती लामिछाने र गायक अखेलीको जादुमय स्वरमा मौलिक गित वजारमा आएको हो । सालको पातको टपरी हुने गीतले बजार तताएपछि सिक्स एट बिटका गीतहरूले अझै पनि बजार तताइरहेको सन्दर्भमा सोही शैलीको गीत बजारमा आएको हो ।
आँधिखोलामा के ल्याईदिम कोशेली भिर्ने झोलामा यो प्रश्न यहाँ एउटा प्रेमीले आफ्नो प्रेमिकालाई भेट्न जानु पुर्व गरिएको प्रश्न रहेको छ । यहाँवाट नै प्रेमिल धारमा गितको शव्द स्वर लय वहेको छ । प्राविधिक रुपमा गितलाई युटुव च्यानलमा भ्युजका आधारमा आउने विज्ञापन वाहेक अन्य आय स्रोत नभए पनि रु ५ लाखको लागतमा गित तयार पारेको गायक अखेलीले वताए । उनले भने “भिर्ने झोला विल्कुलै नयाँ ठेट भाकाको फरक गित वजारमा ल्याएका छौँ, भगवानरुपी दर्शक स्रोतको माया पाउने आशावादी छौँ ।”
तिर्सना म्युजिकको युटुव च्यानल वाट सार्वजानिक गरिएको गितमा अहिलेका चर्चित मोडल तर्फका नायक शुनिल क्षेत्री र नायिका रक्षा श्रेष्ठको उत्कृष्ट अभिनय रहेको छ । गितको भिडियो निर्देशन क्षेत्री आँफैले गरेका छन् । म्युजिक भिडियोलाई लाखौँ दर्शक स्रोताको माया पाउने अपेक्षा निर्माण युनिटले गरेको छ । दर्शकहरूकै सल्लाह र सुझावकै आधारमा गीत तयार पारिएकोले गीतले दर्शकको माया पनि बढी पाउने अखेलीले बताए ।





