बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘जलविद्युत र पर्यटनमार्फत गाउँपालिकालाई समृद्ध बनाउँछु’

‘जलविद्युत र पर्यटनमार्फत गाउँपालिकालाई समृद्ध बनाउँछु’


  • Dhorpatan News
  • कार्तिक ६ २०७६, बुधबार

क्या. डम बहादुर पुन १४ बर्षकै उमेरमा भारतीय सेनामा भर्ती भए । पौडी खेलमा पोख्त पुन भारतीय सेनामा कार्यरत रह“दा सार्क स्तरीय प्रतियोगितामा भारतलाई दुईपटकसम्म स्वर्ण दिलाए । सेनाको जागिरबाट अवकाश लिएपछि उनी म्याग्दीको घोरेपानीमा पर्यटन व्यवसायीको सक्रिय भए । घोरेपानी होटल व्यवसायी संघका अध्यक्ष भएर पर्यटनको क्षेत्रमा सुधारका कार्य गर्दै आएका पुन पछिल्लो ६ बर्षदेखि राजनीतिमा पनि सक्रिय बन्दै गए । दुई वर्र्षअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा अन्नपूर्ण गाउ“पालिकाको प्रमुखमा चुनिएका पुनस“ग दुई वर्षमा गरेका कार्य, आगामी योजनाबारे ढोरपाटनका लागि म्याग्दी सम्वाददाता धु्रबसागर शर्माले गरेको कुराकानीको अंश ः
अन्नपूर्ण गाउँपालिकालाई जिल्लाकै भाग्यमानी गाउँपालिका भनिन्छ, यस्तो गाउँपालिकाको विकासका लागि यहाँको प्राथमिकताको क्षेत्र के हो ?
–अन्नपूर्ण गाउँपालिका प्राकृतिक सौन्दर्यता, पर्यटन र जलविद्युतका सम्भावनाहरुका कारणले भाग्यमानी गाउँपालिका हो । म गाउँपालिकाको प्रमुख भएर आउने बेलामा नै भनेको थिए मेरो पहिलो प्राथमिकता पर्यटन विकासमा हुन्छ भनेर । त्यसको लागि पर्यटनको सम्भावना बोकेको ठाउँसम्म यातायातको सुविधा पहिलो कुरा हो । त्यसैले हामीले विगत दुई बर्षमा पर्यटन, शिक्षा, स्वास्थ्य, र कृषिमा लगानी गरेको छाँै । हामीले यो बर्षका लागि प्राथमिकतामा राखेको योजना भनेको प्रत्येक वडा कार्यालयसम्म दुई लेनको सडक पु¥याउने हो । त्यसको लागि काम भईरहेको छ । अन्नपूर्ण गाउँपालिका एउटा पर्यटनको संम्भावना बोकेको गाउँपालिको हो, यहाँ भएको पर्यटकीय स्थलहरुको प्रचार–प्रसारमा बिशेष ध्यान दिएका छौँ । र, विकास निमार्णमा हुने अनियमिता रोक्न र वातावरण संरक्षणका योजना अघि सारेर काम गरेका छौँ ।
साढे दुई वर्षको अवधिमा चुनावताका जनतासंग गरेका वाचा कति पुरा गर्नुभयो त ?
–चुनावको बेला म गाउँ–गाउँमा पुग्दा सडक, आमा समुहका भवन, युवाहरुको लागि खेल मैदान निमार्ण र अन्नपूर्ण गाउँपालिकालाई एउटा पर्यटकीय गाउँपालिकाको रुपमा चिनाउने मेरा चुनावका एजेन्डा थिए । ती एजेन्डामध्ये धेरै कुराहरु पूरा हुँदै गएका छन् । बार्षिक ३० हजारभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटकहरु यस गाउँपालिकामा आउनुहुन्छ, । उहाँहरुको बसाई कसरी लम्बाउन सकिन्छ भन्नेमा सचेत बन्दै गएका हौँ । समग्रमा भन्ने हो भने ७० प्रतिशत चुनाबी प्रतिबद्धता पूरा हुने काम भएको छ । मैले जनतासंग गरेका बाचा मेरो कार्यकालसम्म जुन हालतमा पनि सम्पन गर्ने छु । हिस्तानको पुलदेखि नागी सम्मको सडक थियो । हामीले त्यो सडकलाई नमुना सडक बनाउन लागेका छौं ।
बितेका दुई वर्षमा गाउँपालिकामा देखिने गरी भएका कामहरु के के हुन् ?
–पर्यटन, शिक्षा र भौतिक निर्माणमा महत्वपूर्ण कामहरु भएका छन् । सामाजिक विकास र कृषिको क्षेत्रमा पनि कामहरु हुँदैछन् । सबैभन्दा पहिला मैले शिक्षालाई पहिलो प्रथमिकता दिएर काम गरिरहेको छु । हाम्रो गाउँपालिकामा भएका सरकारी विद्यालयहरुले गुस्तणतरीय शिक्षा दिनुपर्छ । सामुदायिक विद्यालयलाई पनि संस्थागत विद्यालय जस्तै बनाउन सकिन्छ । त्यसको न्यूनतम कार्य सुरु गरेका छौँ, त्यो भनेको गाउँपालिकाको बैठकले नर्सरीदेखि कक्षा आठसम्म अंग्रेजी माध्यमबाट पठाई सुरु गरेका छौं । यसले हाम्रो शिक्षा प्रतिष्पर्धी हुन्छ, विद्यार्थीहरुमा नयाँपनको महसुस भएको छ । गाउँपालिकाको यो निर्णयले अभिभावक उत्साहित भएका छन्भने शिक्षकहरु पनि अब बढी मेहनेत गर्नुपर्छ भन्नेतर्फ लागेका छन् । यो बर्षमा मैले शिक्षामा केहि नयाँ सुरुवात गरेको छु, यसको नतिजा बर्षौसम्म हाम्रो पुस्ताले पाउँदै जानेछ । त्यसैगरी यातायातको क्षेत्रमा पनि महत्वपूर्ण काम भएका छन् । अब घोडेपानीमा मोटर चढेर नै जान पाइने भएको छ ।
लामो समय भारतिय सेनामा काम गर्नुभयो । सैनिक र गाउँपालिका प्रमुखमा के फरक पाउनुभयो ?
–धेरै फरक छ । म पहिला पनि भारतमा हँुदा पनि चुनावको बेलामा आउथें अनि भोट हालेर जान्थें । यहाँ भौगोलिक हिसाबले विकट भएका कारणले पनि विकास निर्माण कार्य नभएको भन्ने लाग्ने गथ्र्योे, जब मैले बुझ्दै गए, विकास निमाणमा हुने अनियमीताले गर्दा कुनै काम नहुने रहेछ । त्यो रोक्नलाई पनि म राजनीतिमा आएको हुँ । तर मेरो सैनिक जीवनभन्दा यो राजनीतिक जीवन धर्ति–आकाशको फरक छ । सैनिकमा जुन कुरा पनि प्रक्रियामा हुन्छ । कुनै कुरामा पनि अल्झिनु पर्दैन तर राजनीति र कर्मचारी प्रशासन धेरै झन्झटिलो छ । राजनीतिक लुछाचुडीले गर्दा पनि हाम्रोमा विकास निर्माण कार्य भने जस्तो हुन नसकेको भन्ने लाग्छ । विगतमा यहाँ स्थिर सरकार थिएन, अब केहि गर्न सकिन्छ भन्ने वातावरण बन्दै गएको जस्तो छ । म राजनीतिमा जे सोचेर आएको थिएँ त्यो अनुरुप काम गर्न पाएको छैन । मैले पर्यटन व्यवसायी र सैनिक जीबन बिताईसकेको छु । कहिलेकाँही लाग्छ म राजनीतिमा आएर गल्ती गरेछु, किनकि मैले मेरो तरिकाले काम गर्न खोज्छु तर यहाँको प्रक्रिया र नियमले दिदैन । जनतालाई प्रक्रिया होइन परिणाम चाहिएको छ ।
गाउँपालिकाको अबका योजनाहरु के–के छन् ? कस्ता योजनालाई प्राथमिकतामा राख्नु भएको छ ?
–पर्यटन र शिक्षाको क्षेत्रमा विगतका दुई वर्षमा केही काम भएका छन् । भएका ती कामहरुलाई व्यवस्थित र अझ उपयोगि बनाउनुका साथै अबको योजना भएको स्वास्थ्यमा सुधार ल्याउने खालका योजनाहरु ल्याउनुका साथै भएका पूर्वाधारहरुको स्तरोन्नति गर्नु हो । त्यसैले मैले प्रत्येक वडा कार्यालयमा स्वास्थ्य चौकी निमार्ण गर्ने र वडामा भएका बिरामी स्वास्थ्य चौकीमार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने भन्ने हो । अकालमा सर्वसाधारणको ज्यान जानबाट कसरी बचाउन सकिन्छ भनेर सोच बनाइरहेका छौँ । यसका लागि गुणस्तरीय स्वास्थ्य संस्था र जनशक्तिको आवश्यकता पर्छ । हामीले हरेक स्वास्थ्य संस्थामा बिशेषज्ञ डाक्टरहरु राख्ने सोचमा छौँँ । अहिले भएका स्वास्थ्य चौकीहरुमा पनि औषधिहरुको अभाव देखिन्छ, त्यस्ता समस्या समाधान गर्दै जाने हो । हामीले गाउँपालिकाबाट हरेक वडामा गर्भवती र सुत्केरी महिलाका लागि २÷२ लाख रुपैयाँको आकस्मिक कोष बनाएका छौँ । त्यसबाट मातृशिशु मृत्युदर हटाउने योजना हो । अर्को कुरा भनेको पर्यटन नै हो । हाम्रो गाउँपालिकामा विश्व कै गहिरो अन्धगल्छी, रुप्से झरना, घोरेपानी पुनहिल जस्ता विश्वमै चर्चित पर्यटकीय गन्तव्यहरु छन् । यी ठाउँहरुमा अहिले बार्षिक ३० हजारभन्दा बढी पर्यटक आउने गरेको तथ्यांक नै छ । अझै यी ठाउँहरुको प्रचार–प्रसार गरि आवश्यक पुर्वाधार निमाण गर्ने र पर्यटकको आगमन बढाउने र बस्ने दिन पनि कसरी बढाउन सकिन्छ भन्नेतर्फ लागेका छौँ । पर्यटन भनेको नगद दिएर नगदै लिने क्षेत्र हो । हामीले जति पर्यटक ल्याउन सक्छौँ, उति नै हाम्रो गाउँपालिकाको आर्थिक बृद्धि गर्न सक्छौँ ।
यहाँको कार्यकाल सकिने बेला गाउँपालिकाको प्रमुख भएर मैले यो–यो काम गरँे भनेर भन्न सक्ने योजनाहरु के–के हुनेछन् ?
–मेरो कार्यकाल सम्ममा नै विश्वमा चर्चित पर्यटकीय स्थल घोरेपानी–पुनहिलमा एउटा चिडियाखाना र गार्डेन बनाउने सोचेको छु । त्यो मेरो कार्यकालमा नै सम्पन्न हुने गरि काम गर्ने सोचेको छु । त्यसका साथै चैत बैशाख सिजनमा यो क्षेत्र लालीगुराँसले ढपक्कै छोपिन्छ । लालीगुराँसको जँगललाई संरक्षण गर्ने र त्यसलाई अझै विश्वव्यापी बनाउने अर्को योजना छ । पछि मैले राजनीति गरौला या नगरौला तर अन्नपूर्ण गाउँपालिको मुुहार फेरिने गरि कार्यहरुको सुरुवात गर्छु भनेको छु । भौगोलिक बनोटका कारणले गर्दा दुर्गम गाउँका जनता बिरामी भएभने अस्पतालसम्म ल्याउन ४÷५ घण्टा लाग्छ । त्यसले कतिको बाटोमा नै मृत्यु हुने सम्भावना हुन्छ । त्यसैले गाउँपालिकामा स्वास्थ्य चौकीहरुको स्तरोन्नतिसँगै एउटा ठुलो अस्पताल खोलेर गाउँपालिका गरिब जनताको गुणस्तर उपचार गर्ने सोच बनाएका छु । अस्पताल बनाएपछि छिमेकी जिल्ला मुस्ताङका जनतासम्म यहाँ आएर सेवा लिने गरि अस्पताल स्थापना गर्ने छौँ ।
कृषि क्षेत्रमा के–कस्ता योजना बनाउनु भएको छ ?
–हो, हाम्रो गाउँपालिकामा अरुभन्दा आलु खेती निकै राम्रो हुन्छ, त्यसलाई अझै व्यबस्थित गर्दै लाने सोचेको छु । किसानहरुलाई अब गाउँपालिकाले अनुदानको व्यवस्था गरेर भए पनि कृषकको संख्या बृद्धि गरिने छ । त्यसका लागि गाउँपालिकाको कार्यपालिकाले निर्णय पनि गरेको छ । यहाँ होटलहरु धेरै भएको कारणले पनि यहाँ तरकारी खेती गर्ने किसानको संख्या बृद्धि गर्नु छ । आलु खेती गर्नको लागि आलुको राम्रो बिउ आवश्यक पर्ने भएकाले त्यसको लागी एउटा कोल स्टोर निमार्ण गर्ने योजना बनाएका छौँ ।
अन्नपूर्ण गाउँपालिकामा धेरै जलविद्युतका योजनाहरु छन्, कति योजना निर्माणधिन अबस्थामा छन्भने कतिपय निर्माण हुने क्रममा छन् । जलविद्युतको क्षेत्रको विकासका लागि के योजना बनाउनुभएको छ ?
–म्याग्दी जिल्लाको अरु स्थानीय तहभन्दा हाम्रो गाउँपालिकामा बढी जलविद्युतका योजनाहरु छन् । ४२ मेगावाटको मिस्त्रीखोला, ६५ मेगावाटको उपल्लो मिस्त्रीखोला निलगिरी, ३७ मेगावाटको म्याग्दीकाली, १४ मेगावटको घारखोला, ५ मेगावटको घलेम्दीखोला, ६ मेगावाटको रेलेखोला र ५३.३ मेगावाटको मध्ये कालीगण्डकी जलविद्युत आयोजनाहरु निर्माण हुँदैछन् । यी आयोजना सम्पन्न भएपछि यिनीहरुलाई नेपाल सरकारको करको दायरामा ल्याएर गाउँपालिका कर संकलन गर्ने होभने यहाँको आर्थिक विकास, भौतिक विकास निमार्णका कामहरु धेरै हुनेछन् । जलविधुतमा स्थानीयको लागानीको वाताबरण सिर्जना गरि लगानी गर्न सकेपछि यहाँका जनताको आर्थिक विकास हुन समय लाग्दैन । हामीले पहिलो गाउँसभा मार्फत ‘उज्यालो घर अन्नपूर्णको भर’ भन्ने नाराअन्र्तगत यहाँका जलविद्युतहरुको निर्माणमा सहयोगी बन्ने, आवश्यकता र संभाव्यता अध्ययन गरि लगानी समेत गर्ने नीति पारित गरेका छौँ । गाउँपालिका हामी हाइड्रो हब बनाएरै छाड्नेछौँ । त्यसका लागि नीजि लगानीकर्ताहरुलाई आकर्षित पनि गर्नेछौँ ।
तपाँइले जनताको काम भन्दा बढी समय आफ्नो पेशालाई दियो भन्ने गुनासोलाई कसरी लिनु हुन्छ ?
–मैले जनताको काम छोडेर आफ्नो पेशामा बढी समय दियो भन्नु सरासर गलत हो । म एउटा अबकास प्राप्त सैनिक हुँ अरुको भन्दा काम गर्ने तरिका मेरो फरक छ, त्यो म मान्छु । मैले गाउँपालिकामा हुने सबै कामहरु प्रक्रिया पुरा गरेर गर्नु पर्छ भन्नेमा बढी जोड दिएको छु त्यसले एक दिनमा हुने कुनै काम प्रक्रिया पुरा नभएर दुई दिन लगाएको होला तर अहिलेसम्म गाउँपालिकामा सेवा लिन आएका एक जना पनि सेवा नलिई जानु पेरेको छैन । मेरो कार्यकालसम्म कुनै पनि पार्टीको होस या अरु कसैले पनि एक पक्षीय हुन बातावरण आउन दिने छैन ।
समय र विचारका लागि यहाँलाई धेरै धेरै धन्यवाद ।
–यहाँलाई र यहाँको लोकप्रिय पत्रिका ढोरपाटन दैनिकलाई पनि धेरैधेरै धन्यवाद ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->