पोखरा, ६ कात्तिक – कास्कीको अन्नपूर्ण गाउपालिकामा हिउँको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन ।
अन्नपूर्ण गाउपालिका ११ वगरमा फोटो खिच्ने क्रममा हिउँको ढिस्कोले पुरिएर पोखरा प्रस्याङ बस्दै आएका १८ वर्षीय सञ्जय खनालको मृत्यु भएको हो भने पोखराकै १९ वर्षीय निरञ्जन काेईराला र सन्ताेष बास्तोला घाइते भएका हुन कोइराला प्रस्याङ निबासी हुन भने बास्तोला फुलवारी निबासी हुन । घाइते द्वय कोइराला र बास्तोलाको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनिहरुको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । उनिहरुलाइ हेलिकप्टर मार्फत पोखरा ल्याइएको हो ।
उनिहरु सोमबार ट्रेकिङको लागि गएका थिए । अन्नपूर्ण बेश क्याम्पमा ट्रेकिङ्ग गएका युवाहरू बगरमा हिउकाे अाेडारमा फाेटाे खिच्ने क्रममा हिउकाे ढिस्को खसेको हो ।
घटना स्थलमा प्रहरी पुग्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजकुमार केसीले बताए । ” प्रहरी घटना स्थलमा पुग्ने प्रयासमा रहेको छ, घाइतेहरुको अवस्था भने सामान्य रहेको छ , पहिरो आएको भन्ने जानकारी आएको हो” के सि ले भने ।
अन्नपूर्ण पदयात्रा अन्तर्गत पर्ने हिमालय क्षेत्र अत्यन्तै जोखिमपूर्ण पदयात्राको रुपमा लिइन्छ । उक्त पदयात्रामा हिउँ पहिरो जाने ढिस्को खस्ने भइ रहन्छ । अन्नपूर्ण आधार शिविर घुमेर फर्कने क्रममा तीन जना हिउँको ढिस्कोमा परे जस मध्ये दुई जना घाइते भए भने एक जनाले ज्यान गुमाए । अन्नपूर्ण आधारशिविर गुमेर फर्कने क्रममा हिउँ पहिरो आएर बनेको हिउँको गुफा भित्र फोटो खिचेर निस्कने क्रममा सञ्जयको मृत्यु भएको हो भने निरञ्जन र सन्ताेष घाइते भएका हुन । सञ्जय पछाडी रहेकाले उनको मृत्यु भएको उनका साथीहरूले प्रहरीलाइ बताएको छ ।
घाइतेहरुलाइ गुहार मागे पछि विदेशीहरुले उद्वार गरेको उनिहरुको भनाइ छ ।





