आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

ध्वाँसे चितुवाले संसारै जित्यो

ध्वाँसे चितुवाले संसारै जित्यो


  • ढोरपाटन संबाददाता
  • कार्तिक ७ २०७६, बिहिबार

पोखरा,७ कात्तिक – ध्वाँसे चितुवा संरक्षणसम्बन्धी नेपालको परियोजना विश्वमै उत्कृष्ट संरक्षण परियोजनामा छनौट भएको छ। युरोपियन आउटडोर कन्जरभेसन एसोसिएसनले विश्वभरबाट बिभिन्न जंगली जनावर, वातावरण संरक्षणसम्बन्धी प्रस्तावना आह्वान गरेकोमा नेपालको यो परियोजना अनलाइन भोटिङका आधारमा पहिलो भएको हो।

जनावर, वन संरक्षण विधामा उत्कृष्ट ठहरिएसँगै यो परियोजनाले ३० हजार युरो पुरस्कार पाउने भएको छ। प्रकृतिका साथी नामक संस्थाले यो परियोजनालाई प्रतियोगितामा पठाएका थिए। पुुरस्कार राशी कास्की जिल्लाको मादी गाउँपालिकाको सिक्लेस र ताङतिङ गाउँमा ध्वाँसे चितुवाको बासस्थान संरक्षणका लागि जनचेतनामूलक कार्यक्रममा खर्च गरिने प्रकृतिका साथीहरुका निर्देशक राजु आचार्यले बताए।

उनका अनुसार ध्वाँसे चितुवाविज्ञ यादव घिमीरे र राजु आचार्यले यो परियोजना तयार पारेका हुन्। विश्वभरका वन्यजन्तु संरक्षणमा काम गरिरहेका संस्थाबीचको प्रतिस्पर्धामा नेपालको परियोजना पहिलो भएको हो। बिरालो वर्गमा पर्ने र संकटग्रस्त ध्वाँसे चितुवा रुखमा बस्छ भने बाँदर उसको शिकार हुन्छ। बाँदर मार्ने हुनाले किसानको साथी पनि भनिन्छ।

नेपालमा पाइने १२ प्रजातिका बिरालो प्रजातिहरुमध्ये यो प्रजाति लजालु स्वभावको हुन्छ। धेरै समय रुखमा बिताउने यसले बाँदरलाई रुखमै मार्न सक्छ। वन विनास, डढेलो, चोरी सिकारी, अवैध व्यापार यस प्रजातिका जनावर संरक्षणका लागि चुनौती रहेको छ। ध्वाँसे चितुवा लाङटाङ क्षेत्रको ३७ सय मिटर उचाई सम्म पाइएको रेकड रहेको घिमिरेले जानकारी दिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->