शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पोखरामा वडा स्तरिय व्याडमिन्टन सुरु 

पोखरामा वडा स्तरिय व्याडमिन्टन सुरु 


  • ढोरपाटन संवाददाता
  • कार्तिक ८ २०७६, शुक्रबार

पोखरा,८ कात्तिक – पोखरा महानगरपालिका वडा नं. ५ द्वारा आयोजित सूर्यचन्द्र विकास समाजको व्यवस्थापन सहयोग रहेको प्रथम वडा स्तरिय व्याडमिन्टन प्रतियोगिता शुक्रवार देखि  भएको छ ।
वडा नं. ५, ३, ७, ८ र २१ का वडा अध्यक्षहरुबाट संयुक्त रुपमा उद्घाटित कार्यक्रममा वडा नं. ३ का अध्यक्ष रविनसन प्रजु र वडा नं. ८ का अध्यक्ष रुद्रनाथ बरालले शुभारम्भ मन्तव्य राख्नु हुदै प्रतियोगिताले भविष्यमा राष्ट्रिय खेलाडि जन्माउने विश्वास ब्यक्त गरे । वडा सदस्य एवं कार्यक्रम संयोजक उज्वल खत्रीको अध्यक्षतामा भएको कार्यक्रम संचालन वडा सदस्य अन्जु के.सी. र स्वागत कृष्ण प्र. बरालले गरेका थिए  । शुक्रवार सम्पन्न भएका चार खेलमा अनिल भूर्तेल र संजिव कोईरालाको जोडी, नगेन्द्र घर्ति र द्रोणराज बरालको जोडी, केशव प्र. कोइराला र कृष्ण ब. खत्रीको जोडी र सारदा सुवेदी र नविन पराजुलीको जोडीले प्रतिस्पर्धी टिमलाई पराजित गरेका छन । २६ जना सहभागी व्याडमिन्टन खेलको फाइनल खेल कात्तिक १० गते हुने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->