आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

उपनिर्वाचनका लागि निर्वाचन आचार संहिता लागू

उपनिर्वाचनका लागि निर्वाचन आचार संहिता लागू


  • ढोरपाटन संवाददाता
  • कार्तिक ८ २०७६, शुक्रबार

काठमाडौं,८ कात्तिक – मंसिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आचार संहिता आज(शुक्देरवार)देखि लागू भएको छ। निर्वाचन आयोगले उपनिर्वाचनका लागि संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, सम्बन्धित उम्मेदवार र आमसंचार लगायतका क्षेत्रलाई पालना गर्नका लागि शुक्रबारबाट निर्वाचन आचारसंहिता लागू गरेको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सो आचारसंहिताको पूर्ण पालना गर्न पनि सरोकारवाला सबै निकायलाई आह्वान गरे। निर्वाचन आयोगले सो आचारसंहिता पालना नभए निर्वाचन ऐन अनुसार कडा कार्वाही गर्ने चेतावनी
दिए।
निर्वाचन आयोगले मतदाता नामावलीमा अन्तिम रुप दिई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय पठाई सकिएको जनाएको छ। आयोगका प्रवक्ता श्रेष्ठले निर्वाचन अधिकृतहरुको नियुक्तीको काम सम्पन्न भई कात्तिक १४ र १५ गते काठमाडौं, विराटनगर र नेपालगंजमा उनीहरुलाई अभिमूखिकरण तालिम दिने कार्ययोजना रहेको जानकारी दिए। आयोगले सो उपनिर्वाचनका लागि मतदाता शिक्षासम्बन्धी सामग्रीहरुको छपाईको कामलाई पनि तीव्रता दिएको छ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुले आगामी कात्तिक २१ गते उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्नेछ भने कात्तिक २७ गते स्थानीय तहका उम्मेदवारहरुले आफ्नो उम्मेदवारी मनोनयन दर्ता गर्नेछन्। आयोगले उपनिर्वाचनको प्रयोजनका लागि आवश्यक मतपत्रलगायतका सामग्रीहरुको व्यवस्थापनको काम पनि भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->