पोखरा, ९ कात्तिक – पोखराको लेकसाईडमा सञ्चालित ‘बब्स्जिम लेकसिटी’ जिमहलको उदघाटन शनिवार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले गरे । उदघाटन पछि मन्तब्य राख्दै मन्त्री गुरुङले स्वस्थ मानिसले मात्रै समृद्ध नेपालको सपना साकार पार्न सक्ने वताए । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य राजिव पहारी र बिन्दु थापाले ब्यायामशालाको आवश्यकतालाई यसले पुरा गर्ने विश्वास ब्यक्त गरे ।
युवा व्यवसायी वैभव पौडेल र केशव उदासको सँयुक्त लगानीमा यो जिमहल संचालनमा आएको हो । लेकसाइड विश्वभरका मानिसहरु आउने स्थान भएकोले यहाँ व्यायामशाला आवश्यक महशुस गरी जीमहल सञ्चालनमा ल्याएको पौडेलले वताए । साउना बाथ, स्टिम बाथ, हट वाटर शावरसँगै कफि शप र खुला पार्किङ यो जिमहलको विशेषता हुन् । त्यो सँगै सार्वजनिक बिदामा पुरै दिन र शनिबार मध्यान्ह १२ बजेसम्म जिम संचालन हुनेछ ।
लेकसाइडको चौथो र पाँचौ स्ट्रिटको बीचमा रहेका एमबीए प्लाजा परिसरभित्र यो जिमहल छ । जिममा अत्याधुनिक कार्डियो मेशिन राखिएको छ । १२ वटा कार्डियो मेशिन रहेको जिममा अरु ५० वटा भन्दा बढि व्यायाम मेशिनहरु पनि रहेका छन् ।





