आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

प्रचण्डसँग दूरी बढेको छैन, गणित मिलेन : प्रधानमन्त्री ओली

प्रचण्डसँग दूरी बढेको छैन, गणित मिलेन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओली अजरबैजानको राजधानी बाकुमा आयोजित असंलग्न राष्ट्रका प्रमुखको सम्मेलनमा भाग लिएर फर्केका हुन्।


  • ढोरपाटन संवाददाता
  • कार्तिक १० २०७६, आइतबार
k|wfgdGqL s]kL zdf{ cf]nL sf7df8f}F !) sflQs -/f;;_ M k|wfgdGqL s]kL zdf{ cf]nL ch/a}hfgsf] afs'df ;DkGg c;+nUg cfGbf]ngsf] !* cf}F lzv/ ;Dd]ngdf ;xefuL eO{ cfOtaf/ :jb]z kmls{Pkl5 lqe'jg cGt//fli6«o ljdfg:yndf ;~rf/sdL{nfO{ e|d0faf/] hfgsf/L lbFb} . t:jL/ M rGb|snf If]qL

काठमाडौं, १० कात्तिक – प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग दूरी नबढेको बताएका छन्। त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले प्रचण्डसँग राम्रो सम्बन्ध रहेको बताए। प्रचण्डसँग दूरी बढेको छ भन्ने खबर आएका छन नि भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘रमाइलो कुरा गर्नुभयो, काठमाडौंमा भन्दा काबुमा हुँदा टाढा भयो।’ उनी अजरबैजानको राजधानी बाकुमा आयोजित असंलग्न राष्ट्रका प्रमुखको सम्मेलनमा भाग लिएर फर्केका हुन्।
प्रधानमन्त्री ओलीले भने, ‘उहाँ काठमाडौँमा र म बाकुमा हुँदा दूरी त बढ्ने नै भयो। किनकी दूरी नै टाढा छ। त्योभन्दा अरु टाढा केही पनि छैन। दूरी बढ्ने स्थिति र सम्भावना पनि छैन।’ जननेता मदनकुमार भण्डारीकै कित्तामा विगतमा आफू रहेको भन्ने अध्यक्ष दाहालको पछिल्लो अभिव्यक्तिबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले घुमाउरो जवाफ दिए। उनले भने, ‘उहाँले कुन प्रसङ्गमा भन्नुभएको हो त्यो थाहा भएन तर जननेता भण्डारीको विचारका आधारमा पार्टीलाई समयानुकूलरुपमा अघि बढाउँछु भन्नुभएको हो। भण्डारीसँग पनि जोड्ने अनि हाम्रो दूरी बढेको कुरा पनि गर्ने, यो कुन गणितले काम गर्छ मलाई थाहा भएन। गणित मिलेन। हाम्रो दूरी बढेको छैन।’
उनले दुई अध्यक्षबीच दूरी बढ्यो भन्ने गणित नमिलेको बताए। उनले ब्यंग्य गर्दै भने, ‘तपाईंहरुको गणित मिलेन, दूरीको अवस्था छैन।’ प्रधानमन्त्री ओलीले अब छिट्टै पार्टी एकताको प्रक्रिया टुङ्गिने बताए।
बाकु सम्मेलनका अवसरमा प्रधानमन्त्रीले भारतका उपराष्ट्रपति वेङ्कैया नायडु, पाकिस्तानका राष्ट्रपति अरिफ अल्भी, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना र आयोजक राष्ट्र अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभसँग द्विपक्षीय भेटवार्ता गरेका थिए।  त्यसैगरी नामका निवर्तमान अध्यक्ष भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र प्रजग कोरियाली प्रतिनिधिमण्डलका नेता तथा त्यहाँका सर्वोच्च जनसम्मेलनका अध्यक्ष चोइरोयङ हाइसँग पनि शिष्टाचार भेटघाट गरी द्विपक्षीयसम्बन्ध र आपसी हितका विषयमा कुराकानी गरेका छन्।
मन्त्रालयको विज्ञप्तिमा असंलग्नता नेपालको परराष्ट्र नीतिको आधारभूत मान्यता हुनाका अतिरिक्त नाम नेपालजस्ता मुलुकको सामूहिक पहिचान, ऐक्यबद्धता, सहयोग र समर्थनको स्रोतका रूपमा रहेको र यो सम्मेलनमा उच्चतम तहमा प्रतिनिधित्व गरेर नेपालले असंलग्नताको सिद्धान्तप्रतिको आफ्नो अविचलित आस्था र आन्दोलनप्रति ऐक्यबद्धताको मर्म पुष्टि गरेको उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त राष्ट्र सङ्घ प्रणाली बाहिर सबैभन्दा धेरै मुलुकहरू सदस्य रहेको र लामो समयदेखि दक्षिणका मुलुकहरूलाई स्वाभिमान, स्वाधीनता, स्वतन्त्रता र ऐक्यबद्धताको वैकल्पिक मञ्चको रूपमा रहेको असंलग्न आन्दोलनको शिखर सम्मेलन सफलतापूर्वक आयोजना गर्नुका साथै अजरबैजानमा रहँदा न्यानो र हार्दिक आतिथ्यता प्रदान गर्ने आयोजक मुलुकका राष्ट्रपतिलगायत सम्बद्ध सबैमा प्रधानमन्त्रीले धन्यवाद ज्ञापन गर्नुभएको छ।’
तस्बिर : अजरबैजानको बाकुमा सम्पन्न असंलग्न आन्दोलनको १८ औँ शिखर सम्मेलनमा सहभागी भएर आइतबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीलाई भ्रमणबारे जानकारी दिँदै प्रधानमन्त्री केपी शर्मा ओली । 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->