आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

अरिङ्गल पोल्दा रुखबाट लढेर लक्ष्मण सख्त घाइते

अरिङ्गल पोल्दा रुखबाट लढेर लक्ष्मण सख्त घाइते


  • ढोरपाटन संवाददाता
  • कार्तिक ११ २०७६, सोमबार

म्याग्दी, ११ कातिक –  म्याग्दीको धवलागिरि गाउँपालिका वडा नं ७ धारापानीमा अरिङ्गालको गोलो पोल्ने क्रममा रुखबाट लढेर एकजना सख्न घाइते भएका छन् ।
शनिवार राती ९ बजे आफ्नै बारीको रुखमा रहेको अरिङ्गलको गोलो पोल्न जाँदा अचानक रुखबाट लढेर धारापानीका ५६ वर्षिय लक्ष्मण थापा सख्त घाइते भएका र बेनीमा उपचार हुन नसकेपछि पोखराको मणिपाल अस्पतालमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी हवल्दार करण श्रेष्ठले जानकारी दिए ।
घाइते थापाको अवस्था अत्यन्त गम्भीर रहेको जनाइएको छ । आइतवार विहान (आज) प्रहरीको टोली घटनास्थलमा पुगि अनुसन्धान गरी फर्किएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । घाइते थापाको बेनी अस्पतालमा सामान्य उपचार गरी पोखरा रिफर गरिएको बेनी अस्पताल म्याग्दीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->