शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

ज्ञानेन्द्र मल्लले पाए राष्ट्रिय क्रिकेट टिमको कप्तानी

ज्ञानेन्द्र मल्लले पाए राष्ट्रिय क्रिकेट टिमको कप्तानी

ज्ञानेन्द्रले सन् २००५ मा नेसनल टिममा प्रवेश पाएका थिए, मलेसियासँगको खेलका लागि उनी पहिलो पटक राष्ट्रिय टिममा परेका थिए।


  • ढोरपाटन संवाददाता
  • कार्तिक १३ २०७६, बुधबार

पोखरा, १३ कात्तिक – नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्लले पाएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार मल्ललाई कप्तानको जिम्मेवारी दिएको हो।अर्को निर्णय नहुँदासम्म ज्ञानेन्द्रलाई कप्तानको जिम्मेवारी दिइएको क्यानले जनाएको छ। मल्ल यसअघि नेपाली राष्ट्रिय क्रिकेट टिमको उपकप्तान थिए। यसअघिका कप्तान पारस खड्काले गत असोज २८ गते नेपाली क्रिकेट टोलीको कप्तानीको जिम्मेवारी त्यागेको घोषणा गरेका थिए। उनले करिब एक दशक राष्ट्रिय टोलीको कप्तानको जिम्मेवारी सम्हालेका थिए। पारस खड्काले कप्तानबाट राजीनामा दिएपछि नेपाली टिम नेतृत्वबिहिन थियो।
नेसनल टिममा डेब्यू 
ज्ञानेन्द्रले सन् २००५ मा नेसनल टिममा प्रवेश पाएका थिए । मलेसियासँगको खेलका लागि उनी पहिलो पटक राष्ट्रिय टिममा परेका थिए। तर, उनी प्लेइङ ११ मा परेनन्। उनले डेब्यु खेल २००६ मा नामिबियासँग खेले। त्यतिबेलासम्म उनी क्रिकेट छोड्नै नसक्ने भइसकेका थिए। उनले एसीसी ट्रफीका लागि खेलेको डेब्यु खेलमा ७९ रन जोडे। दोस्रो खेलमा ५८ रन बनाए भने क्वाटरफाइनलमा ५० रन जोडे। लगातार तीन खेलमा ५० रन कटाएपछि उनी महत्वपूर्ण खेलाडीका रुपमा स्थापित भए।
पारस खड्काले राजीनामा दिएको १५ दिनपछि बुधबार नेपाल क्रिकेट संघ (क्यान)ले ज्ञानेन्द्रलाई कप्तानको जिम्मेवारी दिएको हो। खड्काले असोज २८ गते सामाजिक सञ्जालमार्फत् कप्तानको जिम्मेवारी छोडेको जानकारी गराएका थिए। उनले क्यानलाई भने केही दिनअघि मात्र औपचारिक रुपमा राजीनामा पठाएका हुन्।  पारसले सन् २००९ मा कप्तानको जिम्मेवारी सम्हालेका थिए। उनी कप्तान हुँदा ज्ञानेन्द्र उपकप्तानको जिम्मेवारीमा थिए। पारसको अनुपस्थितिमा केही महत्वपूर्ण प्रतियोगितामा कप्तानको भूमिकासमेत निर्वाह गरिसकेका छन्। क्यानका महासचिव अशोक प्याकुरेलले लामो समय राष्ट्रिय टिम नेतृत्वविहिन हुनु राम्रो नभएकाले निर्णय लिएको जानकारी दिए। उपकप्तानको जिम्मेवारी दिपेन्द्रसिंह ऐरीले पाएका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->