शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पोखराका सुजनलाई आइसिएन वल्र्ड च्याम्पियनसिपमा स्वर्ण

पोखराका सुजनलाई आइसिएन वल्र्ड च्याम्पियनसिपमा स्वर्ण


  • Dhorpatan News
  • कार्तिक १४ २०७६, बिहिबार

पोखरा,१४ कात्तिक – पोखरा न्युरोडका सुजन शिल्पकारले अष्ट्रेलियामा आयोजित फिटनेस शो ( आइसिएन वल्र्ड मसल्स फोर मोडल च्याम्पियनसिप) २०१९ मा स्वर्ण पदक जितेका छन् ।
अष्ट्रेलियाको लन्चेस्टन बस्दै आएका ३४ वर्षिया सुजनले मेलबर्नमा आयोजित आइसिएन वल्र्ड च्याम्पियनसिपको ७२ केजी तौल मुनिको समुहमा प्रतिस्पर्धा गर्दै स्वर्ण पदक जितेका हुन् । उनले खुल्ला समुहमा भने सिल्भर मेडल प्राप्त गरे ।
प्रतियोगितामा १५ देशका प्रतियोगीहरुलाई सहभागि थिए । प्रतियोगितामा खुल्ला समुहतर्फ नेपाल १५ देशका खेलाडीहरुको सहभागीता थियो ।
उमेर समुहको उपाधीसँगै नेपाल आइसिएनमा पाँचौँ स्थानमा पुगेको छ । सुजनले यसअघि अष्ट्रेलियाको तास्मानिया क्षेत्रको लन्चेस्टनमा आयोजित ‘आइ कम्पिट नेचुरल बडी फिटनेस’ नामक प्रतियोगीतामा दुई स्वार्ण जित्दै वल्र्ड च्याम्पियनमा भाग लिने अवसर प्राप्त गरेका थिए । उनि अष्ट्रेलियाको क्षेत्रीयस्तरको प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने पहिलो नेपाली समेत बनेका छन्

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->