गुल्मी,१६ कात्तिक – गुल्मीको चन्द्रकोट गाँउपालिका र वडा नम्वर ३ को हर्राचौर चौरालीपोखरा नजिक ३ ओटा शब फेला परेका छन । घटनास्थल बागलुङको गलकोट नगरपालिका ८ थालेपोखराको नजिकमा पर्दछ । चौरालि पोखरा नजिक सडकबाट ४ मिटर तल अन्दाजि ३०– ३२ बर्ष कि महिलाको शब फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रकोटका प्रहरी निरीक्षक राजकुमार रावलको जानकारी दिए। रावलका अनुसार महिलाको शब फेला परेको करिब १२–१४ मिटरको दुरीमा अन्दाजी १३–१४ बर्षको वालीका र सो बालीकाको शब फेला परेको १०–१२ मिटरको दुरीमा अन्दाजि ७ बर्षको बालकको शब फेला परेको हो । मानिस हिड्ने बाटोमा निर्घात कुटपिट गरि हत्या गरिएको हुनसक्ने र घटनास्थलमा २ ओटा हतौडा रहेको रावलले बताए । महिला सहितको सबै शब घोप्टी परेको अबस्थामा रहेको बताईएको छ । सडकमा रहेका ढुङ्गामा रगत नै रगत रहेको छ ।हातमा सुनको चुरा, खुट्टामा चादिँको बाला तथा स्पोट्स जुत्ता लगायको र कालो रंङको कपडा लगाएको अबस्थामा सडक मुनी शब देखीएपछि रगतको थोपाको आधारमा हेदैं जादा अन्य २ जनाको शब झाडिमा देखीएको प्रहरीले जनाएको छ । गयरातीनै गलकोट नगरपालिका वडा नम्वर ८ थालेपोखराका स्थानियले देखेपछि खबर गरेको र शनिवार बिहान प्रहरी सहित घटना स्थलमा जनप्रतिनिधि पुगेका थिए ।
थप बिबरण आउन बाँकी ।





