पोखरा,१६ कात्तिक – जिल्ला प्रहरी कार्यालय कास्कीमा रहेको एक थुनुवाको मृत्यु भएको छ । लागुऔषको मुद्धामा म्याद थप गरि थुनामा राखेको २८ वर्षिय युवाको मृत्यु भएको हो । सिन्दुली कमलामाई नगरपालिकाका रविन थापा बिसुङ्खेको उपचारको क्रममा मृत्य भएको हो । दुई महिना देखि हिरासतमा रहेको र स्वास्थ्यमा समस्या भएको कारण राति पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपाचारको क्रममा मृत्यु भएको हो ’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी राजकुमार के.सी.ले भने । मृतक थापा २ महिना देखि प्रहरी हिरासतमा रहेको के.सी.ले बताए । थापालाई भदौै ११ गते २५ सेट लागुऔषध सहित कास्की प्रहरीले पक्राउ गरेको हो । थापालाई राति १ बजे केहि समस्या भए पश्चात पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो ।





