आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

उदाउँदो सूर्यलाई अर्घ दिएर सकियो छठ

उदाउँदो सूर्यलाई अर्घ दिएर सकियो छठ


  • Dhorpatan News
  • कार्तिक १७ २०७६, आइतबार

काठमाडौं,१७ कात्तिक – आस्थाको महापर्व छठ आइतबार उदाउँदो सूर्यलाई अर्घ दिई सम्पन्न भएको छ । शनिबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रतालुहरुले आइतबार उदाउँदो सूर्यलाई जलसहित अर्घ अर्पण गरेका छन् ।
व्रतालुहरूले जलासयमा गएर दुवै हत्केलामा पिठार र सिन्दुर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अर्घको रुपमा अर्पण गर्दछन् । अर्घको रुपमा ठकुवा, भुसवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैंटो सूर्यलाई अर्पण गर्ने चलन छ । सूर्यलाई दिइने अर्घमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिने जानकारहरु बताउँछन् ।सूर्यको आराधना तथा छठी माताको पूजाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने धार्मिक विश्वास छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->