पोखरा, १७ कात्तिक – पोखराको तालचोकमा शंकास्पद बस्तु फेला परेको छ । चोकमै रातो टालोमा पोको पारेर टेपले बाँधेको अवस्थामा शंकास्पद बस्तु भेटिएको हो । शंकास्पद बस्तु कसले राखेको भन्ने एकिन छैन ।नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा भर्खर पुगेको छ । शंकास्पद बस्तुबारे अहिले नै केही भन्ने अवस्था नरहेको कास्की प्रहरीका प्रबक्ता डीएसपी राजकुमार केसीले जानकारी दिए । स्थानीयले बमनै हुनसक्ने आशंका गरेका छन् ।





