शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

म्याग्दीका ५० वर्ष माथिका खेलाडीहरुलाई भब्य सम्मान

म्याग्दीका ५० वर्ष माथिका खेलाडीहरुलाई भब्य सम्मान


  • ध्रुबसागर शर्मा
  • कार्तिक १८ २०७६, सोमबार

म्याग्दी,१८ कात्तिक – म्याग्दी जिल्लामा जन्मेर राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा पदक जित्न सफल ५० वर्ष पार गरेका पाँच जना खेलाडीहरुलाई सम्मान गरिएको छ ।सम्मानीत हुनेहरुमा एथलेटिक्सतर्फ ६१ वर्षिय मीनबहादुर पाइजा, पौडी तथा डाईभिङतर्फ अन्तराष्ट्रिय उपाधि बिजेता समेत रहेका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष ६१ वर्षिय क्या. डमबहादुर पुन, भलिबलतर्फ मिलन श्रेष्ठ र ५३ वर्षिया कौशीला खत्री, र बक्सीङमा ७४ वर्षिय मानबहादुर बुढाथोकी रहेका छन ।

राष्ट्रिय खेलकुद विकास परिषद्का उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी पिताम्बर तिमिल्सीना,नेपाल ह्याडबल संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङ, रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदी, प्रहरी निरिक्षक धु्रबप्रसाद शर्मा, टोड्के हिल रिसोर्ट प्रा.लीका अध्यक्ष मिनबहादुर पाइजा लगायतले सम्मान गरेका थिए ।

टोड्के हिल्स रिसोर्ट प्रालिले आयोजना गरेको ५० वर्ष माथिका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा समावेश खेलाडीहरुको सम्मान कार्यक्रममा बोल्दै उपाध्यक्ष तिमिल्सीनाले खेलकुदको माध्यमद्धार पर्यटक प्रवर्धन गर्न सकिने बताउँदै खेल पूर्वाधारको विकाससंगै खेलाडीहरुको हितमा नीतिगत सुधारको पहल आवश्यक रहेको बताए ।

सागको तयारीमा रहेका ह्याडबल खेलका खेलाडीहरुलाई उच्च स्थानमा तालिम प्रदान, जेष्ठ खेलाडीहरुको योगदानको कदर र टोड्केको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको रिसोर्टका सञ्चालक भिम शेरचनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->