आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कास्कीका प्यासी सहित सात प्रदेश प्रमुखकाे नाम सिफारिस

कास्कीका प्यासी सहित सात प्रदेश प्रमुखकाे नाम सिफारिस


  • ढोरपाटन संवाददाता
  • कार्तिक १८ २०७६, सोमबार

काठमाण्डौ,१८ कात्तिक  – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले सातै प्रदेशका प्रमुखहरुको नाम टुंगो लगाएको छ ।  आइतबार सरकारको सिफारिसमा राष्ट्रपतिले सातै प्रदेश प्रमुखको पगरेपछि नेकपा सचिवालयले रिक्त रहेको प्रदेश प्रमुखको पदमा मनोनयन गर्न नेपाल सरकारसँग सिफारिस गर्ने निर्णय गरेको पार्टीका महासचिव विष्णु पौडेलले बताए । पार्टीले अमिक शेरचन(चितवन), सोमनाथ अधिकारी प्यासी(कास्की), तिलक परियार(बाँके), धर्मनाथ यादव(सिरहा), गोविन्द कलोनी(डडेलधुरा), विष्णु प्रसाईँ(झापा) र शर्मिला त्रिपाठी(काठमाण्डाै) को नाम सिफारिस गरेको छ । कुन प्रदेशका लागि कसलाई पठाउने भन्ने बारेमा भने सरकारले निर्णय गरेर राष्ट्रपतिकाेमा सिफारिस गर्ने महासचिव पाैडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->