आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

प्रदेश प्रमुखको सपथ मंगलवार ,गण्डकी प्रदेशमा अमिक शेरचन

प्रदेश प्रमुखको सपथ मंगलवार ,गण्डकी प्रदेशमा अमिक शेरचन


  • Dhorpatan News
  • कार्तिक १८ २०७६, सोमबार

काठमाडौं,१८ कात्तिक – मन्त्रिपरिषद् बैठकले सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति कार्यालयमा नामावली पठाएको छ।सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले प्रस्ताव गरेका नाम मन्त्रिरिषद बैठकबाट सिफारिस भई अनुमोदनका लागि राष्ट्रपति कार्यालय पठाइएको हो। सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश नम्बर १ मा सोमनाथ अधिकारी प्यासी, प्रदेश नम्बर २ मा तिलक परियार, प्रदेश नम्बर ३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश नम्बर ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र सुदुरपश्चिम प्रदेशमा शर्मिला त्रिपाठीलाई नियुक्ति गर्न राष्ट्रपति कार्यालयमा नाम सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए।
यसैगरी नवनियुक्त प्रदेश प्रमुखहरूको भोलि बिहान १०/ ११ बजे राष्ट्रपति कार्यालयमा सपथ हुने राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->