शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

न्वागी मेलामा बडीगाड गाउपालिका अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगिता हुँदै

न्वागी मेलामा बडीगाड गाउपालिका अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगिता हुँदै


  • ढोरपाटन संवाददाता
  • कार्तिक १९ २०७६, मंगलबार
फाईल तस्विर

बागलुङ, १९ कात्तिक- जिल्लाको पश्चिम ग्वालीचौरमा लाग्ने सांस्कृतिक मेला न्वागीको अवसर पारेर बडीगाड गाउपालिकाले दोश्रो गाउपालिका अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगिताको आयोजना गरेको छ । नेपाल सितोरियो कराते बडीगाड डोजोको संयोजनमा मंसिर १ र २ गते ग्वालिचौरमा दोश्रो गाउपालिका अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगिता २०७६ को आयोजना गरिएको हो ।
प्रतियोगितामा प्रथम, व्दितिय र तृतिय हुने टिमहरुलाई क्रमश रु. ८० हजार, ५० हजार र ३० हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा करिव ३० टीमभन्दा बढिको सहभागीता हुनेछ । प्रतियोगितामा सहभागी हुने प्रत्येक टिमलाई रु. १५ हजार नगद र खाना बस्नको व्यवस्था गरिएको छ । प्रतियोगिताका लागि सवै तयारी अन्तिम अवस्थामा पुगेको प्रतियोगिताका संयोजक राजन पाईजाले वताए ।
कार्यक्रमको लागि बडिगाड गाउपालिकाले रु.२२ लाख ५० हजार बिनियोजन गरेको छ भने अन्य खर्च सहयोग संकलन गरेर जुटाइएको छ । करिव ३० लाख रुपैयाको वजेट अनुमान गरिएको पाइजाले वताए । न्वागी मेला पश्चिम बागलुङको ऐतिहासिक सांस्कृतिक पर्व हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->