शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

साग गेम तालिका सार्वजानिक,खेलहरु कहाँ र कहिले हुँदैछन ?

साग गेम तालिका सार्वजानिक,खेलहरु कहाँ र कहिले हुँदैछन ?


  • विजय नेपाली
  • कार्तिक २१ २०७६, बिहिबार

पोखरा २१ कार्तिक –  नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग गेम ० को तालिका सार्वजानिक भएको छ ।काठमाडौ र पोखरामा एकैपटक सुरु हुँने सागको विशेष उद्घाटन मंसिर १५ गते हुने भए पनि केही खेलहरु भने उद्घाटन अगावै सुरु हुने तालिकामा देखाइएको छ ।
साग अन्तरगत कुल ३० खेल हुनेछन जस मध्ये पोखरामा ९ खेल हुनेछन । मंसिर १५ गते काठमाडौ र पोखरामा एकैसाथ सागको विधिवत उद्घाटन गरिनेछ ।पोखरामा हुने ९ खेल मध्ये प्याराग्लाइडिङको सम्भावना भने निकै न्यून देखिएको छ । सार्वजनिक तालिकामा प्याराग्लाइडिङ खेल समावेश भएपनी नहुने देखिएको हो । व्याडमिन्टन खेल मंसिर १५ गते बाट पोखरा स्थित व्याडमिन्टन कभर्डहलमा हुने छ । यसै गरि मंसिर १६ गते महिला क्रिकेट पोखरा रंगशाला स्थित क्रिकेट खेल मैदानमा आयोजना हुनेछ । यसै गरि आर्चरी खेल महिला र पुरुषको पोखरा रंगशाला स्थित आर्चरी खेल मैदानमा मंसिर १७ सुरु हुनेछ । यसै गरि पोखरामा हुने साग अन्तरगतको महिला फुटबल मंसिर १९ बाट सुरू भएर समापन मंसिर २४ गते हुनेछ ।

पोखरामा खेल हुने मध्ये ह्याण्डबल खेल महिला पुरुषको मंसिर १८ गते बाट सुरू हुनेछन । दुई वटा स्वर्ण पदकका लागि हुने खेलमा ६ वटा राष्ट्रको सहभागिता हुनेछ । पोखराको वहुउद्धेश्यिय कभर्डहलमा हुने ह्याण्डबल खेलका लागि नेपाली राष्ट्रिय ह्याण्डबल टोलीले विगत ३ महिना देखि प्रशिक्षणमा व्यस्त छ ।

साग अन्तरगत सबैभन्दा पहिला भलिबल महिला पुरुषको खेल कार्तिक २७ गते बाट त्रिपुरेश्वर स्थित कभर्ड हलमा सुरू हुनेछ । भलिबल खेल अन्य खेलको दाँजोमा सबै भन्दा पहिला सुरू हुने मध्येको एक हो । यसै गरि उशु खेल मंसिर १३ गते बाट लगनखेल स्थित आर्मी कभर्ड हलमा हुनेछ ।

यसै गरि बिच भलिबल र भारोत्तोलन खेल मंसिर १९ गते बाट पोखरामा हुनेछन । विच भलिबल पोखराको बाराहीघाट स्थित विच भलिबल कोर्टमा हुनेछ भने भारोत्तोलन खेल पोखरा माटेपानी स्थित केसी क्याटरिङको हलमा हुनेछ ।

साग अन्तरगत सबैभन्दा पहिला भलिबल महिला पुरुषको खेल कार्तिक २७ गते बाट त्रिपुरेश्वर स्थित कभर्ड हलमा सुरू हुनेछ । भलिबल खेल अन्य खेलको दाँजोमा सबै भन्दा पहिला सुरू हुने मध्येको एक हो । यसै गरि उशु खेल मंसिर १३ गते बाट लगनखेल स्थित आर्मी कभर्ड हलमा हुनेगरि तालिका सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->