आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गतिशिल सहकारीलाई रकम फिर्ता गर्न वालिङ नगरपालिकाको निर्देशन

गतिशिल सहकारीलाई रकम फिर्ता गर्न वालिङ नगरपालिकाको निर्देशन


  • हिमलाल पराजुली
  • कार्तिक २१ २०७६, बिहिबार

स्याङ्जा, २१ कात्तिक – वालिङ नगरपालिकाले गतिशिल महिला बहुउद्देश्यीय सहकारी संस्थालाई सहकारीको मर्म र भावना विपरित कोलोजिङ चार्जका नाममा लिएको रकम फिर्ता गर्न निदेशन दिएको छ ।
नगरपालिका सहकारी शाखा प्रमुख खुमाकान्त अर्यालले गतिशिल महिला बहुउद्देश्यीय सहकारी संस्थालाई कोलोजिङ चार्जका नाममा लिएको ८४ हजार ५ सय रुपैया एक हप्ता भित्र फिर्ता गर्न निर्देशन दिएको बताउनु भयो । सहकारीले संघिय सहकारी ऐन र नगरपालिकाको सहकारी ऐन विपरित कार्य गरेकोले कोलोजिङ चार्जका नाममा लिएको रकम फिर्ता गर्न निर्देशन दिएको सहकारी शाखा प्रमुख अर्यालले बताए।
अर्यालले भने ‘गतिशिल महिला बहुउद्देश्यीय सहकारी संस्था सहकारीको मर्म र भावना अनुसार चलेको नदेखिएकोले नगरपालिकाको कात्तिक १७ गते भएको निर्णय अनुसार एक हप्ता भित्र पिडित सरिता उपाध्यायलाई सो रकम फिर्ता गर्न बुधबार पत्र पठाइएको छ । समयमै रकम फिर्ता नगरे नगरपालिकाको सहकारी दण्ड कसुर ऐन अन्तर्गत रहेर कार्बाही प्रकिया अगाडी बढाउने छौ ।

सहकारीले गरेको संघिय सहकारी ऐन र नगरपालिकाको सहकारी ऐन भित्रै रहेर कोजिङ चार्ज लगायतका शुल्क लिएको भन्ने दावी मेल नखाएको र वालिङ नगरपालिकाको सहकारी ऐन २०७५ को दफा ७ को ३९ उपदफा २ मा दर्ता हुदाका बखत जुन मुख्य उद्देश्य राखेर सहकारी दर्ता गरिएको छ । सोही अनुसार मुख्य कारोबार गर्नु पर्नेछ भन्ने सिद्धान्त भएको भए पनि गतिशिल महिला बहुउद्देश्यीय सहकारी संस्थाले उद्देश्य अनुसारको काम नगरेर मुख्य कारोबारको रुपमा बचत तथा ऋण लगानी गर्ने गरेको देखिन आएकोले ऐन अनुसार सो बहुउद्देश्यीय संथा भएकोले बचत तथा ऋणको कारोबार गर्न नसक्ने सन्दर्भ पनि यसमा आकर्षित हुन आएको देखिएकोले गतिशिल महिला बहुउद्देश्यीय सहकारी संस्थालाई अब देखि बचत तथा ऋणको कारोबार समेत गर्न नपाउने भनी निर्देशन दिएको अर्यालले बताए ।
वालिङ मोडमा कार्यालय रहेको गतिशिल महिला बहुउद्देश्यीय सहकारीले आफु संग कोलोजिङ चार्जका नाममा ८४ हजार ५ सय रुपैया लिएर ठगि गरेको भन्दै वालिङ १० की सरिता उपाध्यायले नगरपालिकाको न्यायीक समितिमा निबेदन दिएपछि सहकारीले सेवाग्राही संग बढि रकम लिएको विषय बाहिर आएको हो । उपाध्यायले गतिशिल महिला बहुउद्देश्यीय सहकारी संस्था बाट एक वर्ष पहिले ६० लाख रुपैया ऋया लिएको र अहिले आएर सहकारीबाट लिएको रकमको सावाँ व्याज बुझाउने क्रममा सहकारीले कोलोजिङ चार्जका नाममा उपाध्याय संग थप रकम लिएपछि यो विवाद नगरपालिका सम्म पुगेको थियो ।
ऋणीले साँवा, व्याज र जरिवाना लगायत सेवाशुक बापतको रु १ लाख २० हजार र कोलोजिङ चार्जको नाममा ८४ हजार ५ सय गरी २ लाख ४ हजार ५ सय सहकारीले लिएको पाइएको छ । यो संगै सहकारीले सेवाग्राही संग ३ं.४ प्रतिशत रकम साँवा, व्याज र जरिवाना बाहेक लिएको पाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->