पोखरा,२३ कात्तिक – १३ औं दाक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगत पोखरामा निर्माणाधिन पोखरा फुटबल मैदानको लागि ल्याइएको दुबो पुन बिग्रीदा खेल हुने सम्भावना न्युन हुँदै गएको देखिन्छ ।
पोखरा रंगशालामा निर्माण भएको फुटबल मैदानको दुबो दोस्रो पटक बिग्रीएको हो । यस अघि पनि एक हजर स्क्वायर फुट दुबो बिग्रीएको थिए । दुबो बिग्रीएसंगै १० हजार स्क्वायर फुट दुबो फेरिएको निर्माणाधिन रंगशालाका प्रोजेक्ट म्यानेजर दिपक बरालले जानकारी दिए ।
आगामी मंसिर १४ गते नेपालमा साग गेम हुँदै छ । जस अन्तरगत पोखरामा महिला फुटबल हुने तालिका सार्वजनिक भए पनि मैदानमा लगाइएको दुबोको चपरी बिग्रीदा खेल नहुने संकेत देखिएको हो । ” मैदानमा दुबो सेट हुन ६ महिना लाग्छ,अनि मात्र पुर्ण रुपमा सेट हुन्छ ” प्रोजेक्ट म्यानेजर बरालले भने । तर प्रतियोगिता हुन भने एक महिना पनि छैन । पोखरामा हुने खेल मध्ये महिला फुटबल नबुने संकेत दु:खद पुर्ण छ ।
पोखरा फुटबल मैदान निर्माणको लागि टेण्डर प्रक्रिया नै निकै ढिलो हुनुले नै खेल यस्तो समस्या देखा परेको हो । मैदानको लागि आवश्यक पर्ने दुबोको चपरी भारतबाट ल्याइएको हो । भारतको कोलकत्ता बाट ६३ लाख रुपैंया बराबरको दुबो पोखरा ल्याइएको थियो ।यस अघि पनि ३ हजार स्क्वायर फुट दुबो बिग्रीएको परेको थियो उक्त दुबोलाइ फर्काउदै पुन दुबो रोपिएको थियो ।
” हामिले करिब ८७ हजार स्क्वायर फुट दुबो मैदानमा रोपिसकेका छौ , अब बाकी दुबो रिप्लेस गरेका छौ तीन चार दिनमा आइपुग्छ ” निर्माणाधिन रंगशालाका प्रोजेक्ट म्यानेजर बरालले भने ।
मैदान निर्माणको अन्य काम भने धमाधम चलिरहेको छ । मैदानको लागि आवश्यक भि.आइ.पि प्यारापिट देखि लिएर शौचालय सम्मको कामले भने निकै तीव्रता पाएको छ । तर बारम्बार दुबो बिग्रीदा समस्या परेको छ ।मैदान भित्र रोपिएको दुबोको हेरचाह गर्नको लागि भारत बाट नै दुई जना प्राविधिकहरु खटिएका छन । निर्माण कम्पनीले अब केही दिनमा ट्रयाक एण्ड फिल्डको काम सुरू गर्ने बरालले जानकारी दिए । ट्रयाक एण्ड फिल्डको सबै काम सक्न तिन देखि चार दिन लाग्ने उहाले बताउनुभयो । पहिलो कन्साइन्टमेन्टको ग्राण्ड स्टाण्डका सामाग्री विसान पट्नम आइपुगेको बताउदै उहाँले साग गेमको लागि ८ हजार सिट क्षमताका प्यारापिट निर्माण हुने बरालले बताए ।
पोखरा फुटबल मैदान निर्माणको काम करिब ७० प्रतिशत पूरा भए पनि मुख्य मैदानमा नै समस्या देखिएको छ ।
पोखरामा साग गेम्स अन्तरगत ९ खेल हुने भनिए पनि खेलहरु भने घट्ने क्रममा रहेको पाइन्छ । पोखरामा हुने खेल मध्ये प्याराग्लाइडिङ नहुने लगभग पक्का नै भएको छ ।विशेष रुपमा हेरिएको महिला फुटबलको पनि हुने नहुने दुबिधामा देखिएको छ ।





