आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

भरुवा बन्दुकसहित चार पक्राउ

भरुवा बन्दुकसहित चार पक्राउ


  • ढोरपाटन संवाददाता
  • कार्तिक २४ २०७६, आइतबार

बागलुङ,२४ कात्तिक – जिल्ला प्रहरी कार्यालय बागलुङले भरुवा बन्दुकसहित चार जनालाई पक्राउ गरेको छ । जिल्लाको काठेखोला गाउँपालिका–५ बिहुँबाट गस्तीमा रहेको प्रहरीले उनीहरुलाई शनिबार पक्राउ गरेको हो । उनीहरुको साथबाट एक नाले बन्दुक र सोही बन्दुकमा प्रयोग हुने छर्रा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । पक्राउ पर्नेमा काठेखोला गाउँपालिका–५ का तिलक बिक, रमेश घर्ती, खगेन्द्र घर्ती र जगत घर्ती रहेको प्रहरी नायव उपरीक्षक झविन्द्र भट्टराईले जानकारी दिए । उनीहरुलाई शनिबार नै जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याई थप अनुसन्धान भैरहेको छ । उनिहरुको साथबाट बरामद भएको बन्दुक के प्रयोजनका लागि थियो भन्ने बिषयमा समेत प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->