पोखरा,२४ कात्तिक – दक्षिण एशियाली खेलकुद प्रतियोगिता ( साग ) अन्तर्गत पोखरामा हुने खेल मध्ये ह्याण्डबलको म्याट नआउँदा खेल अन्योलमा परेको छ । पोखरामा हुने महिला पुरुष ह्याण्डबलको लागि मुख्य मैदानको लागि आवश्यक पर्ने म्याट नै नआउला समस्या परेको हो ।
पोखरामा साग अन्तर्गत ह्याण्वल पनि हुने भएपछि पोखरामा ह्याण्डबलको बन्द प्रशिक्षण समेत हुने गरेको छ । तर गतिलो मैदान नहुदाँ खेलाडि समेत घाइते भएका छन । पोखरा रंगशालामा रहेको बहुउदेश्यीय कर्भडहलमा हुने खेलको लागि सिमेन्टेड मैदानमा प्रशिक्षण गर्दा सात जना खेलाडि घाइते समेत भएका थिए । करिव एक महिना अघि सम्म विना म्याट खेलाडिले खालि सिमेन्टेड मैदानमा प्रशिक्षण गर्दा धेरै खेलाडि घाइते भए पश्चात कास्की जिल्ला भलिबल संघमा रहेको म्याट मागि करिब एक महिना अघि मात्र म्याटमा प्रशिक्षण गरेका थिए ।
‘मैदानको लागि आवश्यक मुख्य चिज नै आएको छैन ,राम्रो मैदानको अभावले खेलाडि समेत घाइते भएका छन’ कास्की जिल्ला ह्याण्बल संघका अध्यक्ष चित्रबहादुर थापाले भने । ‘मैदानको लागि म्याट नै हो म्याट विना खेल सम्भव नै छैन, टेन्डर पक्रियामा जान निकै ढिला गर्यो जस्ले निकै समस्या परेको छ’ अध्यक्ष थापाले भने ।
ह्याण्बलको लागि म्याटको टेन्डर कार्तिक ९ गते मात्र दिइएको थियो । खेलको लागि आवश्यक म्याट फ्रान्सबाट ल्याउने भनिए पनि म्याट भने मलेसियाबाट आउने उनले जानकारी दिए ।
म्याटको लागि एक करोडको टेन्डर परेको हो । हामिलाई अन्य पुर्वाधार नभएपनि हुन्छ तर म्याट विना खेल सम्भवनै छैन , खेलाडिलाई म्याटमा प्रशिक्षण गराउन पर्ने हो तर पाइएन‘ अध्यक्ष थापाले भने । ह्याण्बलको लागि ४ करोड रुपियाँको वजेट परेपनि संघको खातामा भने रकम आएको छैन । केन्द्रले रकम उपलब्ध नगराउदाँ समस्या आएको हो उनले भने । ह्याण्बलको लागि खेल हुनु भन्दा करिव एक महिना अघि नै मैदान तयार हुनुपर्ने बताउँदै उनले खेलाडिले एक हप्ता समेत प्रशिक्षण गर्न नपाउने बाध्यता देखा पर्ने गुनासो गरे । ‘मुख्य कुरा बजेट नै हो बजेट नआउदाँ निकै समस्या परेको छ ‘उनले भने । अहिले प्रशिक्षण गरेको म्याटमा खेलाडिले मुभमेन्ट समेत राम्ररी गर्न सक्दैनन्, बल ग्रिप समेत राम्ररी हुदैँन यस्का बावजुत पनि खेलाडिले प्रशिक्षण गरेकै छन’ थापाले भने । म्याट समयमा आए केहि दिन भए पनि खेलाडिले प्रशिक्षण गर्न पाउँने उनले बताए ।
साग गेम नजिकिदैँ गर्दा राजधानि बाहिर एकमात्र ह्याण्बल गराउन मिल्ने भनेकै पोखरा रंगशालामा हो । तर समयमा बजेट नआउदा म्याट आउन ढिला हुने देखिएको छ । पोखरामा महिला र पुरुष दुवै ह्याण्बल हुने तालिका समेत सार्वजानिक भएको छ तर अहिले सम्म मैदान भने तयार भएको देखिदैँन ।





