बागलुङ,२४ कात्तिक – पर्यटकीय गन्तव्यको रुपमा बिकास भैरहेको बागलुङको पञ्चकोटमा शनिवार प्याराग्लाईडिङको परीक्षण उडान गरिएको छ ।आगामी पुष दोश्रो साता हुने बागलुङ महोत्सवलाई सफल बनाउने उद्धेश्यले बागलुङ उद्योग बाणिज्य संघको अगुवाईमा पोखराबाट आएका व्यवसायिक पाईलट कृष्णबहादुर सुनुवारले उडान गरेका हुन् । पञ्चकोटबाट उडेपछि उनी धौलागिरी बहुमुखी क्याम्पसको चउरमा आएर अवतरण गरेका थिए । अवतरण गरिसकेपछि सुनुवारले व्यवसायिक उडान गर्न सकिने संभावना देखेको बताए । त्यसका लागि बागलुङको उपल्लाचौर तर्फ अवतरण गर्ने मैदान बनाउन उनले सुझाव दिए ।










