शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मैत्रीपूर्ण फुटसल प्रतियोगिताः चार समुह सेमिफाईनलमा

मैत्रीपूर्ण फुटसल प्रतियोगिताः चार समुह सेमिफाईनलमा

ढोरपान दैनिक, बागलुङ नगरपालिका, धौलागिरी एफ. एम. ‘ए’ समुह र अफिसर्स क्लब बागलुङको समुह सेमिफाईनल प्रवेश


  • Dhorpatan News
  • कार्तिक २५ २०७६, सोमबार

बागलुङ, २५ कात्तिक– धौलागिरी एफ.एम प्रा.लि बागलुङले आफ्नो १५ औं बार्षिकोत्सवको अवसरमा आयोजना गरेको मैत्रिपुर्ण फुटसल प्रतियोगितामा चार समुह सेमिफाईनलमा प्रबेश गरेका छन् । सोमबार रस आवर फुटसल बागलुङको मैदानमा भएको पहिलो चरणका खेलबाट ढोरपान दैनिक, बागलुङ नगरपालिका, धौलागिरी एफ. एम. ‘ए’ समुह र अफिसर्स क्लब बागलुङको समुह सेमिफाईनल प्रवेश गरेका हुन् ।

सोमबार बिहान भएको पहिलो खेलमा अफिसर्स क्लब बागलुङले पत्रकार महासंघ बागलुङको ‘बि’ समुहलाई ६–१० गोलले पराजित गरेको थियो । दोस्रो खेलमा बागलुङ नगरपालिकाको समुहले पत्रकार महासंघकै ‘ए’ समुहलाई २–१० गोलले पराजित गरेको थियो । प्रतियोगिता मध्येकै निकै रोमान्चक देखिएको काठेखोला गाउँपालिका र धौलागिरी एफ एम ‘ए’ समुहको भने ठुलो गोलान्तर भएन । उक्त खेलमा धौलागिरी एफएमको ‘ए’ समुहले काठेखोला गाउँपालिकालाई ५–६ को गोलान्तरले पराजित ग¥यो । सोमबारको अन्तिम खेलमा ढोरपाटन दैनिकले धौलागिरी एफएम ‘बि’ समुहलाई ५–१० को गोलन्तरमा पराजित गर्दै सेमिफाईनल प्रबेश गरेको छ । प्रतियोगिताका सेमिफाईनल चरणका खेल सोमबार साँझ ४ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ । सेमिफाईनलमा धौलागिरी एफएम ‘ए’ र बागलुङ नगरपालिका, ढोरपाटन दैनिक र अफिसर्स क्लबका बिच प्रतिस्पर्धा हुने छ । खेलको फाईनल भने मंगलबार बिहान हुने आयोजक धौलागिरी एफएमले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->