आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पोखरामा बुधबार आँखादान कार्यक्रम हुँदै

पोखरामा बुधबार आँखादान कार्यक्रम हुँदै


  • ढोरपाटन संवाददाता
  • कार्तिक २५ २०७६, सोमबार

पोखरा, २५ कात्तिक – पोखरामा आँखादान कार्यक्रम हुने भएको छ । मृत्युपछि आँखादान गर्ने गरी प्रतिबद्धता गरेर आँखादानको घोषणा गर्न सकिनेछ । बुधबार बिहान साइमन पार्टी प्यालेसमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्था लायन्स क्लब अफ पोखरा मिड टाउनका अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिए ।
‘मृत्युपछि आँखादान गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको हो,’ पौडेलले भने, ‘बुधबारसम्म ५० जनाले आँखादानको लागि प्रतिबद्धता गरेका छन् ।’ हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा कार्यक्रम हुने सचिव तथा कार्यक्रम संयोजक विकास भुर्तेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->