शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

प्रथम सुक्लागन्डकी ट्रेनिङ सेन्टर भलिबल कप २०७६ हुने

प्रथम सुक्लागन्डकी ट्रेनिङ सेन्टर भलिबल कप २०७६ हुने


  • प्रेरणा राना मगर
  • कार्तिक २७ २०७६, बुधबार

तनहुँ,२७ कात्तिक – “खेल खेलौ स्वास्थ बना”ै, भन्ने नाराको साथमा सुक्लागन्डकी भलिबल ट्रेनिङ सेन्टरको आयोजनामा कार्तिक २९ गते देखि मंसिर ३ गते सम्म तनहुँको सुक्लागन्डकी ५ अकलाटोलमा साबिक वडा स्तरिय प्रथम सुक्लागन्डकी ट्रेनिङ सेन्टर भलिबल कप २०७६, हुने भएको छ । सुक्लागन्डकी २ गाछेपानीमा पत्रकार सम्मेलन गर्दै आयोजक सुक्लागन्डकी भलिबल ट्रेनिङ सेन्टरका सन्चालक एब राष्ट्रिय भलिबल रेफ्री टुक बहादुर गुरुङ्ले जानकारी गराए । उनले स्थानीयस्तरबाटै युवा खेलाडीहरुलाई खेल तर्फ प्रोत्साहित गरि उनिहरुमा रहेको खेल कौसलतालाई थप निखार्दै स्थानिय स्तरमा मात्र नभै छेत्रीय र रास्ट्रीय स्तर सम्म भिडन्त गर्न सक्ने खेलाडी उत्पादन गर्ने लक्ष्य ट्रेनिङ सेन्टरको रहेको बताउदै प्रतियोगिताकै माध्यमबाट ट्रेनिङ सेन्टरको प्रबर्द्धन गर्ने उदेश्य रहेको जानकारी दिए । प्रतियोगितामा तनहुँ स्याङ्जा कास्की लगायत गरि ३६ समुहले सहभागीता जनाउने छ्न । प्रतियोगितामा प्रथम हुन सफल समुहले रु ४०,००० को साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ्न भने क्रमश उपबिजेताले २५,००० तृतीयले रु १०,००० र सान्त्वना हुन सफल समुहले रु ५,००० को साथमा ट्रफी मेडल र प्राप्त गर्नेछ्न । साथै बेस्ट प्लेयर , बेस्ट डिफेन्डर , बेस्ट ब्लकर, बेस्ट कुइकर, र नबप्रतिभासाली खेलाडी गरि ८ फरक बिधामा खेलाडीलाई पुरस्कृत गरिनेछ । प्रतियोगिताको उद्घाटन नेपाल भलिबल संघका केन्द्रिय सचिब डिबि नेपालीले गर्ने कार्यक्रम तय भएको ट्रेनिङ सेन्टरका अर्का सन्चालक रुद्र बहादुर गुरुङ कबिता“ ले जानकारी दिए । गत जेष्ठ २२ गतेबाट सञ्चालनमा आएको उक्त टे«निङ सेन्टर आर्थिक अभावबाट गुज्रिए पनि भलिबल खेलप्रति रुचि भएका १८ जना युवाहरुलाई निशुल्क रुपमा प्रशिक्षण दिइएको सञ्चालक गुरुङले बताए । उनले शुक्लागण्डकीमा प्रथम मेयर कप संचालन गर्न १२ वटै वडाका वडाध्यक्ष र नगर प्रमुखसंग प्रस्ताव राख्दा पनि कुनै प्रतिक्रिया नआएको गुनासो गरे । “देशमा संघीयता कार्यान्वयन भएपछि धेरै स्थानिय तहहरुले युवा र खेलकुदलाई निकै महत्व दिएको छ”(उनले भने(“शुक्लागण्डकीमा भलिबल खेललाई त्यति महत्व दिएको पाइएन । “कार्यक्रममा शुक्लागण्डकी नगरपालिका वडा नं. ५ मा रहेको अकला टोल विकास संस्थाका अध्यक्ष रेशम मल्लले नगरपालिकाले भलिबल खेलप्रति चासो नदेखाएको भन्दै दुख व्यक्त गरे । समृद्ध नगरपालिका निर्माण गर्नका लागी नगरले खेलकुदलाई पनि संगसंगै ल्यैजानुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा क्षेत्रीय भलिबल रेफ्रि रुद्र बहादुर गुरुङ ,पवन आले लगायत खेलसंग सम्बन्धित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->